नरैनापुरमा प्रसिद्ध धार्मिक मेला सुरु

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिका–२ मा अवस्थित सूफी सन्त हजरत खलिफा नुर अहमद शाहको समाधि स्थलमा परम्परागत धार्मिक मेला सुरु भएको छ । १५१ वर्षदेखिको निरन्तरता बोकेको मेला शनिबार रातीदेखि सुरु भएको हो ।

मेलालाई नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले उद्घाटन गर्दै यो क्षेत्रलाई धार्मिक पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो मेला केवल धार्मिक अनुष्ठान होइन, सामाजिक एकताको उज्यालो सन्देश हो ।,”

सहायक प्रशासकीय अधिकृत भरत महतोले वर्षेनी बढ्दै गएको श्रद्धालुको उपस्थितिले मेलाको महत्त्व अझ फैलिएको उल्लेख गर्दै व्यवस्थित पूर्वाधार र व्यवस्थापनमा पालिकाको ध्यान केन्द्रित भइरहेको बताउनुभयो ।

सात दिनसम्म चल्ने मेलामा रातीको समयमा धार्मिक प्रवचन, फातिहा, नियाज तथा विभिन्न आध्यात्मिक अनुष्ठानहरू हुने मेलाका संयोजक गुफरान अहमद शाहले जानकारी दिनुभयो । उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सरकारकी निवर्तमान प्रदेश सभा सदस्य कृष्ण केसी ‘नमुना’, वडा नम्बर १ का वडाध्यक्ष इसाक जोलाह, नरैनापुरका प्रेस विज्ञ आलम खान, स्वास्थ्यकर्मीहरू तथा ठूलो संख्यामा श्रद्धालुहरुको उपस्थिति थियो ।

Previous articleनेपालगन्जमा दशौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी मेला सुरु
Next articleमतदाता भेटघाटमा कमरुद्दिनले बढाए ब्यस्तता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here