
निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी सरगर्मी बढ्दै गएको छ । उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्दै आफ्नो एजेन्डा प्रस्तुत गर्ने र मतदाता रिझाउन थालेका छन् ।
यो क्रममा बाँके क्षेत्र नं २ का अन्य उम्मेदवारभन्दा जनता समाजवादी पार्टी नेपालका कमरुद्दिन राई सक्रियता तीब्र देखिएको छ । उहाँको दैनिकी अहिले मतदाता भेट्ने बनेको छ ।
उहाँले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५, ७, १३, २३ र १९ का मतदातासँग प्रत्यक्ष भेट्घाट गरि अन्तरक्रिया गर्नुभएको छ । पहिलो चरणमा मतदातालाई भेटेर समस्या बुझ्ने काम भइरहेको उहाँले बताउनुभयो ।
‘स्थानीय टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने र आफ्नो उम्मेदवारीको उद्देश्य तथा भावी योजनाबारे जानकारी गराउने काम भइरहेका छ,’ उहाँले भन्नुभयो, ‘मतदाताले देखाएको माया र सद्भावले थप उर्जा दिएको छ ।’
भेटघाटका क्रममा स्थानीय बासिन्दाले उम्मेदवार राईलाई वडामा स्वागत तथा सम्मानसमेत गर्दै आएका छन् । लामो समयदेखि विकास, रोजगारी र सुशासनको अभाव झेल्दै आएका मतदाताले यसपटक नयाँ नेतृत्वको आवश्यकता रहेको प्रतिक्रिया दिएका छन् ।
यसपटक नयाँलाई भोट दिने हो,’ नेपालगन्ज उपमहानगरपालिका १९ का तिर्थराम वर्माले भन्नुभयो । मतदाताको उत्साह र समर्थनले चुनावी अभियानलाई थप तीव्र उहाँले बताउनुभएको छ ।





