चौधरीले पाए एमाले डुडुवा संयोजकको जिम्मेवारी

नेपालगन्ज । नेकपा एमाले डुडुवा गाउँपालिका बाँकेको संयोजकको जिम्मेवारी पालिका सचिव महेश कुमार चौधरीलाई दिइएको छ ।

नेकपा एमाले बाँकेले एक जानकारी पत्र जारी गर्दै एमाले पालिका सचिव चौधरीलाई पालिका संयोजकको जिम्मेवारी प्रदान गरिएको हो ।

पालिका अध्यक्ष विनय त्रिपाठीले कार्यव्यस्तताका कारण पार्टीको काम कारवाही गर्नका लागि समय दिन नसकेको हुँदा सचिव चौधरीलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको एमाले बाँकेका अध्यक्ष निरक गुरुङ्गले जानकारी दिनुभयो ।

अध्यक्ष त्रिपाठीले समय दिन नसकेका कारण पार्टीको काम कारबाही गर्न असहज भएको हुँदा अध्यक्षले गर्ने सम्पूर्ण काम गर्ने गरी सचिव चौधरीलाई संयोजक बनाइएको गुरुङ्गले बताउनुभयो ।

संयोजक चौधरीलाई दिइएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरी पार्टीको विकास र बिस्तारमा सहयोग पु¥याउनेमा विश्वस्त रहेकोसमेत बाँके एमाले पार्टीले जनाएको छ ।

Previous articleझुठो आश्वासन दिँदैन: नेता कोइराला
Next articleजनताको मत पाए नेपालगञ्जमा क्रिकेट मैदान बनाउँछु : कमरुद्धिन राई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here