देशलाई गाँस्ने पार्टी काँग्रेस हो : उपभापति शर्मा

नेपालगन्ज । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले द्वन्द र विमतिलाई विर्सिएर एक ढिक्का भई निर्वाचनमा होमिन आग्रह गर्नुभएको छ ।

निर्वाचन परिचालन एवम् प्रचारप्रसार मूल समिति नेपाली कांग्रेस बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको वृहत जिल्ला भेलालाई सम्बोधन गर्दै केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत रहनुभएका उपसभापति शर्माले कत्तिपनि अलमल गर्ने सुविधा कांग्रेसलाई नभएको भन्दै विशेष महाधिवेशनपछि पार्टी बदलिएर जनतामाझ गएको बताउनुभयो ।

शर्माले काँग्रेसले यस पटक करिब दुई तिहाई नयाँ उम्मेदवार बनाएको उल्लेख गर्नुभयो । “जेनजी विद्रोहपछि साँच्चिकै सच्चिएर आएको दल कांग्रेस हो,” उहाँले भन्नुभयो,–“देशलाई गाँस्ने पार्टी काँग्रेस हो । अब बन्ने सरकारले नागरिकमा आशा र भरोसा जगाउनुपर्नेछ, त्यो तागत कांग्रेससंग छ । इतिहास साक्षी छ, समन्वय, सहकार्य र एकता कायम गर्न सक्ने समाथ्र्य कांग्रेससंग छ ।”

शर्माले जो जहाँ जुन पदीय जिम्मेवारीमा छ, उसले आफू त्यहीँ खटिएर काम गर्नुपर्नेमा जोड दिनुभयो । “जो जहाँ जुन पदीय जिम्मेवारीमा हुनुहुन्छ, मत बटुल्न त्यहीँ खट्नुस्, अन्यत्र जाने काम नगर्नुस”, उहाँले भन्नुभयो,– “आफ्नो टोल र सरोफेरो सम्हाल्नुस् ।”

Previous articleकाँग्रेसका पुनलाई समर्थन गरेको कुरा अफवाह मात्र: रेग्मी
Next articleउपलब्धि जोगाउँदै काँग्रेस देश बदल्ने अभियानमा छः पुन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here