
नेपालगञ्ज । जनता समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राइले जसपा सबै समुदाय र धर्मले ओतप्रोत र नेतृत्व गरेको पार्टी भएको बताउनुभउको छ । जसपा पार्टी साँझा फुलवारी जस्तै भएको उल्लेख गर्दै पूर्व मन्त्री राईले प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधानलाई भंग गर्नु लोकतान्त्रिक र संबैधानिक अधिकारमाथिको कु भएको बताउनुभयो ।
जसपाले सोमाबार नेपालगन्जमा गरेको विरोध सभालाई सम्वोधन गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा वलीले संबिधानको बलात्कार गरेको आरोप लगाउनुभयो । संबिधान सभाका अध्यक्ष सुभाषचन्द्र नेम्वांग प्रम वलीले संसद भंग गरेको टुलुटुलु हेरेर बसेको प्रति आक्रोस समेत पोख्नुभयो ।
पार्टीभित्रको आन्तरिक किचलो मिलाउन नसकेर त्यसको झोक संबिधानसभालाई भंग गरेर रिस मेटाउने खेल कुनै पनि हातलमा स्विकार्य हुन नसक्ने भन्दै संबिधान सभा भंग मधेश आन्दोलन, १९ दिने जनआन्दोलन र संबिधानको धारा विरुद्ध भएकाले अव जनताले सडकबाटै संसद भंगको निर्णय सच्चाउने राईको दावी छ ।
जसपाका अर्का नेता अक्वाल अहमद शाहले यो संबिधान मधेश र मधेशी जनताको हित विपरीत भएको बताउनुभयो । संबिधानले मधेशी जनताको अधिकारलाई कुन्ठित गरेको आरोप लगाउँदै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधान भंग गरेर नेपाली जनताको अपमान र हत्या गरेको आरोप पनि लगाउनुभयो ।
महिला नेतृ अमृता अग्रहरीले ठूला राजनीतिक दलहरुले मधेशी जनतामाथि दमन र शोसन गरेको आरोप लगाउनुभयो । उहाँले मधेशी र मधेशमाथि काँग्रेस, नेकपालगायतका दलहरुले रैतीको व्यवहार गरेको बताउनुभयो ।
नेपाल र भारतबीचको सम्वन्ध रोटीबेटी देखि चेलीबेटीसम्मको रहेको भन्दै दुई देशबीचको सम्बन्ध प्रगाढ हुनु पर्ने बताउनुभयो । उहाँले मधेशीहरुको अधिकार स्थापित गर्नका लागि संबिधान संशोधनको विकल्प नभएको बताउनुभयो ।
पार्टीका जिल्ला अध्यक्ष कमरुद्धिन राईको सभापतित्वमा भएको सभाकै क्रममा विभिन्न पार्टी परित्याग गरी तीन हजार व्यक्तिहरु जसपामा प्रवेश गरेको प्रचार प्रसार संयोजक राजेन्द्र बिश्वकर्माले जानकारी दिनुभयो ।
राप्रपा र नेकपा पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका हुन् ।





