रेडक्रस पुरैनी उपशाखाद्वारा रक्तदान

नेपालगन्ज । नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाको आयोजनामा बिहीबार रक्तदान कार्यक्रम गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ स्थित रेडक्रस उपशाखाको प्राङ्गणमा आयोजित कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन् ।

२१ र २२ नम्बर वडा कार्यालयको सहयोगमा भएको कार्यक्रममा रेडक्रस पुरैनी उपशाखाका सभापति शिवकुमार वर्माको अध्यक्षतमा भएको थियो । कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रिय सचिव तथा कार्यक्रमका प्रमुख आतिथि नमस्कार शाहले पानसमा दीप प्रज्वलित गरी ब्यानर वाचन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

साथै रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार सेवाका प्रमुख उपेन्द्र रेग्मीलाई हस्तान्तरण गर्नुभएको थियो । उपशाखाकी उपसचिव मीरा अधिकारीद्वारा सञ्चालित कार्यक्रममा नाइस नेपालका अध्यक्ष हेमराज भट्टले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा स्थानीय इमरान खान, बिशाल गोडिया, निशाल अली हलवाई, पवन जायसवाल, सुधान्शु पासवान, मनोज गोडिया, दिनेश चौधरी, सचिन साहानी, हेमराज भट्ट, शंकर बस्याल, सुदामा यादव, रबिस वर्मा, अर्जुन गुरुङ्ग, केशव अर्याल र ओमप्रकाश चौहानसहितले रक्तदान गर्नुभएको हो ।

युवा घरका अध्यक्ष मनबहादुर भण्डारी, गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसनका संरक्षक प्रदिप शाह, युवा गैसस महासंघका अध्यक्ष माधव कार्की, नेरेसो पुरैनी उपशाखाकी सदस्य सुमित्रा मल्ल, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका कोषाध्यक्ष मन मोहन वर्मा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममै पुरैनी उपशाखाका आजीवन सदस्य तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार एवम् शतक रक्तदाता नेपालगन्ज–१९ निवासी सञ्चारकर्मी पवन जायसवालले १ सय ७ पटक रक्तदान गर्नुभएको छ । कार्यक्रममा स्वयंसेवी रक्तदाताहरुलाई प्रमाण–पत्र सहित टि–सर्ट बितरण गरिएको थियो ।

Previous articleनेपालगन्जको खर्च प्रगति २९.९८ प्रतिशत
Next articleगौडेलले गरे आफ्नै वडाबाट घरदैलो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here