
नेपालगन्ज । नेपाली कांग्रेसको बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाले राप्ती नदीका कारण उत्पन्न डुवान र कटानको सवाल प्राथमिकतामा रहेको उद्घोष गर्नुभयाे ।
डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनी चोकमा मंंगलबार आयोजित नेपाली कांग्रेस वडास्तरिय भेलालाई सम्बोधन गर्दै कोइरालाले सो कुरा बताउनुभयाे ।
राप्तीको बाढीका कारण वर्षौदेखि खेती योग्य जमीन डुवान र कटान भइरहेको भन्दै उहाँले डुबान नियन्त्रण र कटान रोकथामका लागि आवश्यक पहलकदमी लिने विश्वास दिलाउनुभयाे । यूवा नेता कोइरालाले डुडुवाको समग्र समस्याबारे आफु जानकार मात्र नभई सम्वेदनशिल र जिम्मेवार रहने समेत दाबी गर्नुुभयाे ।
उहाँले डडुवाको कृषि उत्पादन वृद्धिका लागि उचित सिंचाई र मलखादको व्यवस्थाका लागि समेत आफु प्रतिवद्ध रहेको बताउनुभयाे । राजनीतिमा संस्कार र इमानदारिता पनि जुरुरी रहेको बताउँदै उहाँले आफु त्यो संस्कारबाट दिक्षित भएको उल्लेख गर्नुभयाे । समाजसेवा गर्नका लागि राजनीतिमा आएकाले जनताको हरेक सवालमा आफु समर्पित रहने उहाँको जीकीर थियो ।
उहाँले भन्नुभयाे, –‘यहाँहरुले विश्वास गरेर मलाई सांसदमा जिताउनुस्, त्यो विश्वासलाई म शीरोधार्य गर्नेछु ।’ अनेकन स्वार्थले पार्टीहरु खोल्ने, टुटने र फुटने भइरहेको प्रसंग कोट्याउँदै उहाँले भन्नुभयाे, –नेपाली कांग्रेसप्रति जनताको अपार विश्वास र माया रहेकाले आफु जित्नेमा विश्वस्त छु ।
नेपाली काँग्रेस महासमिति सदस्य राजकुमार बर्माले जनताको समस्या काँग्रेसले नै सम्वोधन गर्न सक्ने भन्दै यूवा उम्मेदवार कोइरालालाई जिताउने अवसर नगुमाउन आह्वान गर्नुभयाे । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका बर्माले अन्य दलका झुठा आश्वासनमा विश्वास नगर्न पनि अपील गर्नुुभयाे । यस्तै नेपाली काँग्रेस महासमिति सदस्य नरेन्द्र चौधरीले पुरानो र भरपर्दो पार्टी काँग्रेस मात्रै भएकाले काँग्रेसकै उम्मेदवारलाई जिताउन अनुरोध गर्नुभयाे ।
नेपाली काँग्रेस वडा न २ का सभापति रामकुमार गोडियाको सभापत्विमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस प्रदेश क सभापति ज्ञानेन्द्र चौधरीले स्वागत मन्त्व्य व्यक्त गर्नुभएकाे थियाे । कार्यक्रममा नेपाली काँग्रेस बाँकेका पुर्व सभापति किरण कोइराला लगायतको ठुलो उपस्थिती रहेको थियो ।





