
नेपालगञ्ज । चेतन मानन्धर हत्या घट्नामा संलग्न भएका नेपालगन्जका हरि वलीलाई प्रहरीले पक्राउ गरेको छ । सो घट्नामा संलग्नलाई मंगलबार प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । नेपालगन्ज १२ सुर्खेतरोडमा ७२ साल असार २८ गते नेपालगन्ज ८ का २८ वर्षीय मानन्धरको हतियार प्रहार गरी हत्या गरिएको थियो ।
उक्त घटनामा संलग्न नेपालगन्ज १८ का ३० वर्षीय वलीलाई उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले आजीवन कैद सजाय तोकेका थियो । त्यसलगत्तै उनी फरार थिए । यस्तै लाठी प्रहार गरी भाइको हत्या आरोपमा संलग्नल इसराइल खाँ पनि पक्राउ परेका छन् । नरैनापुर गाउँपालिका ४ का ३० वर्षीय खाँ ले १७ वर्षीय भाइ रहिसको हत्या गरेका थिए । आपसी रिसिवीमा उनले सामुदायिक वनमा भाइको हत्या गरेको प्रहरीले जनाएको छ ।
यस्तै ४ ग्राम ९ सय ६० मिलिग्राम ब्राउन सुगरसहित विराट भनिने पदम मल्ल पक्राउ परेका छन् । बाँकेका एसपी ओम रानाका अनुसार, राँझा विमानस्थलबाट मुगु छायाँनाथ नगरपालिका २ का २४ वर्षीय मल्ललाई ४ ग्राम ९ सय ६० मिलीग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको हो ।





