समुदायगत विविधता नै यस क्षेत्रको ठूलो शक्ति : इस्तियाक राई

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर-२ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार मोहम्मद इस्तियाक राईले समुदायगत विविधतालाई नै क्षेत्रको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै विकास, एकता र राजनीतिक सशक्तिकरणको पक्षमा मतदातासँग अपिल गर्नुभएको छ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट उम्मेदवार बन्नुभएका राईले नेपालगन्ज र डुडुवाको सामाजिक संरचना बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक भएपनि त्यही विविधताभित्रको एकताले क्षेत्रलाई बाँधेर राखेको बताउनुभयो । उहाँका भन्नुभयो, “खुसहाल जीवनको साझा चाहनाले हामीलाई जोडेको छ, अब यही भावनालाई नीतिगत सुधार र तीव्र विकाससँग जोड्नुपर्ने समय आएको छ।”

राईले विशेषगरी नेपालगन्ज र डुडुवा गाउँपालिकामा पूर्वाधार विकास, आर्थिक गतिविधि विस्तार, रोजगारी सृजना र कानुनी तथा नीतिगत सुधारमार्फत समृद्धिको यात्रा अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले क्षेत्रको राजनीति सशक्त र प्रभावशाली हुँदा मात्र केन्द्रीय तहमा पहुँच बलियो हुने र त्यसबाट ठोस उपलब्धि हासिल गर्न सकिने धारणा राख्नुभयो ।

उहाँले विगतमा केन्द्रीय सत्तामा यहाँका प्रतिनिधिको प्रभाव र पहुँच हुँदा प्राप्त विकासका उपलब्धिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै त्यसबाट सिक्दै अब अझ संगठित ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

राईले निर्वाचनलाई केवल राजनीतिक प्रतिस्पर्धा नभई “विकास र राष्ट्रियता प्रवर्द्धन गर्ने शक्तिहरू तथा सम्प्रदायिकता र अन्तरपुस्ता द्वन्द बढाउन खोज्ने तत्वहरूबीचको वैचारिक लडाइँ” का रूपमा चित्रित गर्नुभएको छ । उहाँले भन्नुभयो, क्षेत्रको सद्भाव, सहिष्णुता र अन्तरपुस्ता सम्मानलाई कमजोर पार्ने षड्यन्त्रहरू सक्रिय हुन खोजिरहेको अवस्था देखिएको छ, जसप्रति मतदाता सचेत रहनुपर्ने समय आएको छ।

“बाँके–२ ले विगतमा पनि विभाजनकारी गतिविधि नाकाम पार्दै एकताको उदाहरणीय इतिहास रचेको छ,” राईले भन्नुभयो, “अब फागुन २१ गतेको निर्वाचनमार्फत विकास, एकता र सद्भावको पक्षमा पुनः इतिहास रच्नुपर्नेछ।” उहाँले मतदातालाई अन्तर आत्माको आवाज सुनेर विवेकपूर्ण निर्णय लिन आग्रह गर्दै समावेशी विकासको अवधारणा अनुसार बाँके–२ लाई समृद्ध र खुसहाल क्षेत्र बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याकउनुभयो ।

Previous articleअभिभावक र बालबालिकाबीच विभिन्न रोचक खेल
Next articleबाँकेमा प्रलोपा र जसपा नेपालबीच चुनावी सहमति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here