पार्टीबाट जितेर गएकाले गरेको विकास पार्टीको श्रेय हुने: कमरुद्दिन

मिलनचोक । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले बाँके निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत डुडुवाको कम्दीमा चुनावी सभालाई सम्वोधन गर्दै बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार कमरुद्दिन राईले सबै उम्मेदवार आफुबाट त्रसित रहेको बताउनुभएको छ ।

आफुले जनताको हितमा काम गरेका कारण अन्य सबै उम्मेदवार डराएको उहाँले बताउनुभयो । पैसा र पावरमा जनतालाई भ्रममा पार्न खोजिएको भन्दै उहाँले आक्रोश पोख्नुभयो । उहाँले विपक्षीहरु आफ्नो डरले जनतालाई आफ्नो पक्षमा पार्न पैसाका ठेकेदारहरु घरघरमा पुगेको टिप्पणी गर्नुभयो ।

उहाँले बाँके क्षेत्र नम्बर २ मा भएको विकास निर्माणमा जसपाका अध्यक्ष उपेन्द्र यादवको हात रहेको बताउनुभयो । पार्टीको नाममा गद्दार गर्नेहरुले विकास गर्न नसक्ने र विकास पनि नगरेको टिप्पणी उहाँले गर्नुभयो ।

उहाँले इस्त्यिाक राईले जसपाबाट टिकट लिएर जितेको भन्दै बाँके क्षेत्र नम्बर २ मा भएको विकासको कामको श्रेय पनि जसपाले लिने बताउनुभयो । मधेशी तथा मुस्लिम जनतालाई धोका दिएर जानेहरुले विकास नगर्ने र त्यस्ता स्वार्थि व्यक्तिहरुलाई परास्त गर्न उहाँले मतदाताहरुसँग आग्रह गर्नुभयो ।

पैसा, रक्सीको लोभमा आफ्नो मत नहाल्न अनुरोध गर्दै उहाँले यो चुनाव अत्यन्तै महत्वपूर्ण रहेकाले जनताको हितमा काम गर्नेलाई मत दिन सुझाउनुभयो । उहाँले आफु त्यसका लागि सधैं जनताको साथमा हुने पनि दावी गर्नुभयो ।

Previous articleविषम परिस्थितिमा निर्वाचन, विवेकपूर्ण मतदान गर्न उपेन्द्र यादवको आग्रह
Next articleबाँके र बर्दियाका महिलाहरुलाई मतदाता शिक्षा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here