नवयुवाका लागि अवसर सृजना गर्ने इस्तियाक राईको दाबी

नेपालगन्ज । नेकपा एमालेबाट बाँके क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले घर-घर पुगेर आफ्नो पक्षमा मतदाताहरूको समर्थन जुटाउन सक्रियता बढाउनुभएको छ ।

उम्मेदवार राईले मंगलबार विहान नेपालगन्जको वडा नं १३, वडा नं १४ र वडा नं १८ का टोल-वस्तीमा पुगेर आफ्नो निर्वाचन चिन्ह सूर्यमा मतदान गर्न मतदाताहरूसँग आग्रह गर्नुभयो ।

उम्मेदवार राईले सहरी विकास तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै जनताको घरदैलोमा पुगिरहनुभएको छ । उहाँले नीतिगत व्यवस्थामार्फत सामाजिक-संरचनागत सुधारलाई पनि आफ्नो चुनावी अजेन्डा बनाउनुभएको छ । भुजईगाउँमा राईले नवयुवा मतदाताहरूसँग उहाँहरूको चाहनालाई आफूले कसरी सम्बोधन गर्न सक्छु भनेर जिज्ञासा राख्नुभएको थियो ।

लागुऔषधको समस्याले नेपालगन्जमा संकटको रूप लिन थालेको भन्दै राईले युवाहरूलाई कुलतबाट जोगाउन र रोजगारी, खेलकुद र सामाजिक गतिविधिहरूमा संलग्नताको अवसर बढाउन प्रयत्नरत रहेको बताउँदै आउनुभएको छ । जेन-जी उमेरमै राजनीतिमा आएर आफूलाई स्थापित गर्नुभएका राईले नवयुवाहरूको मनमा उठ्ने प्रश्नहरूबारे आफू धेरथोर जानकार रहेको पनि बताउनुभयो ।

राईको मंगलबार विहानको घरदैलो नेपालगन्ज नगरपालिकाका प्रायस् ग्रामिण इलाकामा केन्द्रित थियो । वहाँले वडा नं १३ को लोलियनपूर्वा, वडा नं १४ को मन्नुपूर्वा, नयाँ बस्ती र हुसेनगंज तथा वडा न १८ को भुजइगाउँ क्षेत्रमा घरदैलो गर्नुभएको हो ।

Previous articleशुधान्सु कोइरालाको संकल्प-पत्र सार्वजनिक
Next articleफागुन १५ गते बैजनाथ गाउँपालिकामा स्थानीय बिदा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here