फागुन १५ गते बैजनाथ गाउँपालिकामा स्थानीय बिदा

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकाले यही फागुन १५ गते सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै बैजनाथ गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरुमा १५ गते सार्वजनिक बिदा रहने जनाएको हो ।

प्रमुख प्रशासकीय अधिकृत कमलराज उपाध्यायका अनुसार १५ गते मगर दिवस परेकाले गाउँपालिकामा सार्वजनिक बिदा गरिएको छ ।

मंगलबार बसेको गाउँपालिकास्तरीय निर्णय अनुसार सो दिन बिदा दिने निर्णय भएको प्रमुख उपाध्यायले बताउनुभयो ।

यस दिन गाउँपालिका मातहतका कार्यालय वडा कार्यालय, स्वास्थ्य एवं सम्पूर्ण शिक्षण संस्थाहरु, सार्वजनिक संघ संस्थाहरुमा स्थानीय बिदा रहने भएको छ ।

Previous articleनवयुवाका लागि अवसर सृजना गर्ने इस्तियाक राईको दाबी
Next articleजादुमय आवाजका बादशाह निर्मोहीको निधन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here