बाँकेको कोरोना फोकल पर्सनमा वली

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट तेज वलीलाई बाँकेको कोरोना फोकल पर्सनका रुपमा तोकिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेको मंगलबार बसेको बैठकले कोरोना फोकल पर्सनका रुपमा वलीलाई तोकेको हो ।

वलीलाई केन्द्रले यसअघि कोरोना सम्बन्धीको सूचना व्यवस्थापनका लागि सूचना अधिकारीका रुपमा तोकिएको थियो । जिल्ल्लाको कोभिड १९ को नियन्त्रण बिरुद्धको अभियानलाइ प्रभावकारी र व्यवस्थित बनाउनका लागि मंगलबारको बैठकले फोकल पर्सनको रुपमा वलीलाई तोकेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले यसअघि सूचना अधिकारीका रुपमा तोकिएको भएपनि मंगलबार बसेको केन्द्रको बैठकले उहाँलाई जिल्लाको फोकल पर्सनको जिम्मेवारी दिने निर्णय भएको बताउनुभयो । प्रजिअ कुरुम्वाङ्गका अनुसार वलीको हालसम्मको कामको मुल्याँकन गर्दै फोकल पर्सनका रुपमा तोकिएको हो ।

केन्द्रले यसअघि स्वास्थ्य कार्यालय बाँकेका मान बहादुर नेपालीलाई फोकल पर्सन तोकेको थियो । त्यस अघि नरेश श्रेष्ठ कोभिड१९ को फोकल पर्सनका रुपमा हुनुहुन्थ्यो । कोरोनाको महामारी शुरु भएदेखि फोकल पर्सनको जिम्मेवारी निभाउँदै आएपनि केही समयअघि श्रेष्ठको बर्दिया सरुवा भएको थियो ।

त्यसपछि बाँकेको फोकल पर्सन पटक पटक परिवर्तन हुँदै आएका थिए । तर मंगलबारको बैठकले त्यसको टुंङ्गो लगाएको छ । हेल्थ असिस्टेन्ट वली कोरोना महामारीको शुरुवाती चरणदेखि नै त्यस बिरुद्धको अभियानमा निरन्तर सक्रिय रुपमा लागि रहनुभएको छ । उहाँले नेपालगञ्ज क्वारेन्टाईन व्यवस्थापक सम्मको जिम्मेवारी सम्हालि सक्नुभएको छ ।

Previous articleखजुरालाई प्लाष्टिकमुक्त बनाइने
Next articleपूर्व मन्त्री यादवकाे निधन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here