पूर्व मन्त्री यादवकाे निधन

नेपालगन्ज । पूर्वमन्त्री, संविधानसभा सदस्य तथा भूमि सम्बन्धी समस्या समाधान आयोगका सदस्य दिनेशचन्द यादवको मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत यादवको आज विहान चार बजे निधन भएको हाे ।

कोरोना संक्रमण भएर बाँकेबाट उपचारका लागि काठमाडौं लगिईएका यादव केही समयअघि कोरोना मुक्त हुनुभएको थियाे ।

७५ वर्षीय यादवमा मुटुसम्बन्धी समस्या रहेकाे बताईएकाे छ । यादव सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य तथा पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री, संविधानसभाका सदस्य, हाल भूमि व्यवस्थापन तथा सुकुम्बासी आयोगका सदस्य तथा नेकपाको बाँके जिल्ला इन्चार्ज हुनुहुन्थ्यो ।

गम्भीर प्रकारको कोरोना संक्रमण भएपछि उहाँलाई नेपालगन्जबाट थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो ।

पूर्वमन्त्री यादवको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो । यादवको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोे थियो ।

Previous articleबाँकेको कोरोना फोकल पर्सनमा वली
Next articleसामाजिक सद्भाव बिथोल्न प्रयास गर्नेलाई कारबाही गर्न जसपाकाे माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here