बाँकेका चर्चित समाजसेवी बर्मालाई मातृशोक

नेपालगन्ज । समाजसेवी माधवराम बर्मा (कुर्मी) लाई मातृशोक परेको छ । बर्माको ममतामयी आमा रामप्यारी कुर्मीको ९६ वर्षको उमेरमा बिहीबार राती निधन भएको छ ।

लामो समयदेखि बढ्दो उमेरको अस्वस्थतासँगै थला पर्नुभएकी कुर्मीको बिहीबार राती आफनै निवास नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ फुल्टेक्रामा निधन भएको पारिवारिक स्रोत बताएको छ ।

बर्मा बाँकेका परिचित समाजसेवी हुनुहुन्छ । उहाँले थुप्रै संघसंस्थालाई भवन निर्माणका लागि लाखौ रुपैयाँ मुल्य पर्ने जग्गा दान गर्नुभएको छ । कोरोनाकालको समयमा उहाँकाे सामाजिक उत्तरदायित्व निर्वाहका साथै अन्य समयमा पनि धार्मिक तथा सामाजिक कार्यमा सक्रिय सहभागिता रहने गरेको छ ।

बाँकेमा फुल्टेक्रा माध्यमिक विद्यालय, कृयापुत्री भवन निर्माण, बागेश्वरी असल शासन क्लब, क्षयरोग निवारण संस्था, गौरव स्मृति फाउण्डेशन, जिल्लाका विभिन्न ठाउँमा मठ मन्दिर निर्माणका लागि लाखौ रुपैयाँ मुल्य पर्ने जग्गा दान गर्नुभएको हो ।

स्वर्गीय कुर्मीको आज शुक्रबार नै राप्दी नदीस्थित सिधनिया घाटमा हिन्दू परम्परा अनुसार दाह संस्कार हुने जनाएको छ । स्वर्गीय कुर्मीको निधनले बर्मा परिवारमा अपुरणीय क्षति पुगेको छ ।

मृतात्माप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्नुका साथै उहाँको चीरशान्तिको कामना गर्दछौ । साथै यस दुःखद खडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने समयपत्र मिडिया प्रालि कामना गर्दछ ।

Previous articleकाँग्रेसले सुशासनको संकल्प बोकेको छ: सभापति थापा
Next articleस्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here