बनकट्टी माविमा महिनावरी स्वच्छता विषयक सचेतनामूलक कार्यक्रम

नेपालगन्ज । बाँकेकाे डुडुवा गाउँपालिका वडा नम्बर ३ काे बनकट्टी माध्यमिक विद्यालयमा महिनावरी स्वच्छता विषयक सचेतनामूलक कार्यक्रम गरिएको छ ।

डुडुवा गाउँ पालिका काे सहकार्यमा र केयर नेपाल तथा आई डिई नेपालकाे संयुक्त साझेदारीमा भेरी वातावरणीय विशिष्टता समुह – (वी ग्रुप) नेपालगन्जकाे आयाेजनामा बिहीबार साे कार्यक्रम गरिएको हाे ।

‘पाेषण परियोजना’ अन्तरर्गत महिनावारी स्वाच्छता दिवसकाे अवसरमा गरिएको साे कार्यक्रमलाई डुडुवा स्वास्थ्य शाखाको प्रमुख: सीता राम चाैधरी, बिरेन्द्र घले, बनकट्टी स्वास्थ्य चाैकीका सि.अन.मी कंकला विश्वकर्मा, सि.अन.मी टीका रानाले सहजीकरण गर्नुभएको थियोे ।

कार्यक्रममा महिनावारि स्वच्छता अन्तर्गत महिनावारी, स्वच्छता भनेकाे के हाे ?, महिनावारी उमेर, किशाेर किशाेरी भनेकाे के हाे ?, याे उमेरमा देखिने परिवर्तन जस्ता विषयमा छलफल गरिएको कार्यक्रममा हजार दिनका आमाहरू, किशोर-किशोरी लगायतको सहभागिता रहेको थियोे ।

Previous articleराप्ती सोनारी पूर्ण खोप सुनिश्चित पालिका घोषणा
Next articleसेवा प्रवाहमा अवरोधपछि राप्ती सोनारीको आपत्ती

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here