
नेपालगन्ज । बाँकेमा गर्मी अत्याधिक बढेपछि स्थानीय तहले बिदा दिन थालेका छन् ।
गर्मी बढेपछि नेपालगन्ज उपमहानगरपालिका र काेहलपुर नगरपालिकाले बिदा दिएकाे हाे । काेहलपुरले ३ दिन गर्मी बिदा दिएकाे छ भने नेपालगन्जले चार दिन विद्यालयहरूमा बिदा दिने निर्णय गरेकाे छ ।
अत्याधिक गर्मीका कारण विद्यार्थीहरुलाई विद्यालयसम्म आवत जावत गर्न कठिन भई उनीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने जोखिमका कारण जेठ २६ गतेबाट २९ गतेसम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
बिदाको अवधिमा गृहकार्य दिएर विद्यार्थीहरुलाई स्व-अध्ययनको व्यवस्थापनमा सहजिकरण गर्न गर्न उपमहानगरले विद्यालयहरुलाई अनुरोध गरेको छ ।
पछिल्ला केही दिनयता बाँकेसहित तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढ्दै गएपछि कोहलपुर नगरपालिकाले विद्यालयहरूमा तीन दिन बिदा दिने निर्णय गरेको हो ।





