
गुलरिया । प्लान इन्टरनेशन नेपाल क्षेत्रिय कार्यालय सुर्खेतको सहयाेगमार्फत बर्दिया जिल्लामा संचालन भएका परियाेजनाकाे अर्द्वबार्षिक समिक्षा गरिएकाे छ ।
जिल्ला समन्वय समितीका संयोजक शंकर चौधरीको अध्यक्षतामा बसेकाे बैठकमा प्लान इन्टरनेशनलले बर्दियाका बिभिन्न पालीकाहरुमा संचालन गरेका परियोजनाका बारेमा सरोकारवाला पक्षसंग हालसम्म गरेका क्रियाकलाप, कार्यक्रम संचालनपछिको उपलब्धी, चुनौती तथा परियोजनाका दिगोपनाका बारेमा प्रस्तुती तथा छलफल गरिएको छ ।
प्लान इन्टरनेशनल क्षेत्रिय कार्यलय प्रबन्धक मिना पराजुलीबाट स्वागत गदै प्लान बाँकेमा १९९५ बाट शुरु भएको र बर्दिया जिल्लामा २००६ देखि बालबालीकाको सवालहरुमा वकालत गदै बिभिन्न गैसस मार्फत काम गदै आइरहेको र प्लान नेपालको रणनितीमा सबै किशोरी र युवा महिलाहरुको स्वतन्त्र पुर्वक आफनो अधिकार उपभोग गर्न पाउने, एक समाबेशी र सुरक्षित समाज निर्माणको परिकल्पना गरेकाे बताउनुभयो ।
उहाँले आ ब २०२० देखि २०२३ सम्म ५ लाख बालीकाहरुमा प्रत्यक्ष रुपमा पुग्ने लक्ष लिएको जानकारी दिनुभयो । प्लानकाे ४ वटा रणनिति अन्तरगत प्रस्फुटन, नेत्तृत्व, निर्णय र सिकाइलाइ आधार मानी अति बिपन्न समुदाय केन्द्रित बलियो साझेदारिका रुपमा कार्यक्रम कार्यन्वयन गरेको बताउँदै क्षेत्रिय कार्यालय मार्फत बाँके, बर्दिया, जुम्ला र डोल्पामा प्रत्यक्ष रुपमा कार्यक्रमलाइ निरन्तरता दिएको बताउनुभयो ।
सस्थाबाट आ ब २०७७।०७८ मा सस्थाले साझेदारी गरेका सस्थाबाट संचालन गरेका बिभिन्न क्रियाकलापहरुको बिबरण सहित यसको उपलब्धी चुनौती र यसका प्रभाव बारे सस्थाकी संरक्षण कार्यक्रम बिषेशज्ञ दुर्गा क्षेत्रीबाट प्रस्तुत गरिएको थियो ।
बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले सस्थाले संचालन गरका कृयाकलाप बिपन्न समुदायका बालबालीका, महिला, र अन्य समुदायका लागी समुदाय मुखि भएता पनी केहि नितिगत कामका लागी आगामी दिनमा योजना बनाउन र पालीका वडालाई सस्थाले संचालन गरेका कृयाकलापहरुको स्वामित्व लिदै स्थानिय तहको कार्ययोजनामा समाबेश गनूपर्ने सुझाब दिनुभयो ।
सस्थाले प्रस्तुत गरेका कृयाकलाप र कार्यक्रमको उपलब्धी बारे सहभागीहरुबाट बिधमन अवस्थामा बाल बिवाह, चाडो बिवाह, पोषण र बिपन्न समुदायका बिधालयमा अध्यान गर्ने न्युन सिकाइ भएका बालबालीका मुखि क्रियाकलाप संचालन गर्न सकेको खण्डमा उदाहरणीय कार्य हुनेमा सहभागीहरुको जोड दिनुभयो ।
कार्यक्रमको समापनमा बोल्दै जिल्ला समन्वय समितीको संयोजक शंकर चौधरी ले प्लान नेपालले संचालन गरेका बिभिन्न कृयाकलाप जनमुखि भएको र यसको सफलताको कामना दिनुभयो ।
सहभागीहरुबाट आएका सुझाबका आधारमा आगामी दिनमा अझ प्रभावकारी ढंगबाट योजनाका साथ समन्वय समिती हातेमालो गर्न तयार रहेको बताउनुभयो । बैठक जिल्लाका सरोकारवाला जिल्ला प्रसाशन कार्यालय बर्दिया, जिल्ला समन्वय इकाइ बर्दिया, जिल्ला शिक्षा समन्वय इकाइ बर्दिया, सामाजिक बिकास डिभिजन कार्यालय बाँके, सामाजिक बिकाश शाखा बर्दिया, पशु कार्यालय बर्दिया, कृर्षी कार्यालय बर्दिया, स्वास्थ्य कार्यालय बर्दियाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो भने प्लानको साझेदारीमा परियोजना संचालन गरिरहेका स्याक नेपाल बाँके, बि ग्रुप, बाँके युनेस्को क्लब ,थारु महिला उत्थान केन्द्र र गेरुवा ग्रामीण जागरण संघ बर्दिया सस्थाका कार्यसमिती पदाधिकारी एवम परियोजना प्रमुखहरुको सहभागीता रहेको थियो ।
प्लानका प्रयायोजित संचार बिषेशज्ञ जनक गिरिले संचालन गर्नुभएको बैठकमा उपस्थित भएका सहभागीहरु भौतिक दुरी कायम गर्ने, माक्स तथा सेनिटाइजरको प्रयाेग अनिवार्य, समय समयमा साबुन पानीले हात धुने कार्यलाई समेत विशेष गरि जाेड दिईएकाे थियाे ।





