आत्मनिर्भर बनाउन युवालाई डकर्मी र तरकारी खेती तालिम

राजापुर । बर्दियाको राजापुर नगरपालिकाका युवालाई उद्यमी बनाएर आत्मनिर्भर गराउन डकर्मी र बेमौसमी तरकारी खेती तालिम दिइएको छ ।

गेरुवा ग्रामीण जागरण संघ बर्दियाले १० जना युवालाई भूकम्प प्रतिरोधी संरचना निर्माण गर्न डकर्मी तालिम र १० जनालाई बेमौसमी तरकारी खेतीका लागि टनेल बनाउने तालिम दिएको हो ।

संघले उनीहरुलाई डकर्मी र तरकारी खेतीमा आवश्यक सामग्री सहयोग गरेको छ । राजापुर नगर प्रमुख शिवप्रसाद चौधरी, उपप्रमुख मनकलाकुमारी चौधरी र यूएस एड तयार नेपालका प्रतिनिधिरुले ती सामग्रीहरु हस्तान्तरण गर्नुभएको छ।

डकर्मीका प्रति व्यक्ति १७ हजार बराबर र बेमौसमी तरकारी खेतीका टनेल बनाउने तालिम लिएकालाई प्रति व्यक्ति ६१ हजार बराबरको सामग्री बुझेको संस्थाका अध्यक्ष कृष्णजंग शाहले जानकारी दिनुभयो ।

त्यसैगरी यू एस एड तयार नेपालको आर्थिक सहयोगमा नेपाल आर्थिक मन्चले राजापुरका विभिन्न व्यक्ति, व्यवसायी र कोभिड १९ प्रभावितहरुसँग सूचना संकलन गरेर तयार गरिएको राजापुर नगरपालिकाको सामाजिक–आर्थिक पुर्नत्थान योजना एक कार्यक्रमकाबीच तयार नेपालका प्रतिनिधि लोकनारायण पोखरेलले राजापुर नगर प्रमुख चौधरीलाई हस्तान्तरण गर्नुभएको छ ।राजापुर नगरपालिकाको सामाजिक आर्थिक पुर्नत्थान योजना बुझ्दै नगरप्रमुख शिवप्रसाद चौधरी त्यसैगरी, गेरुवा ग्रामीण जागरण संघद्वारा राजापुरमा सन्चालित कोभिड–१९ प्रतिकार्य परियोजनाको सिकाइ आदानप्रदान एवम् परियोजना सम्पन्न भएको छ ।

यु एस ए आईडीको आर्थिक तथा प्राविधिक सहयोगमा राजापुर नगरपालिकाको समन्वय तथा सहकार्यमा परियोजना सञ्चालन गरिएको थियो ।

कोभिड १९ को प्रभावमा परेर विदेश, भारत र देसका विभिन्न स्थानबाट रोजगारी गुमाएर घर फर्केका तथा आफ्नै स्थानमा आर्थिक अभावका कारण समस्यामा रहेको व्यक्तिहरुलाई लक्षित गरी सन्चालन गरिएको परियोजनाको सिकाई आदान प्रदान कार्यक्रममा राजापुर नगरप्रमुख चौधरीले छोटो समयमा गेरुवा ग्रामिण जागरण संघले गरेको कार्यको प्रशंसा गर्नुभयो ।

परियोजनाले राजापुर नगरपालिकामा हेल्प डेस्क स्थापना, सूचना व्यवस्थापन प्रणाली अद्यावधिक, ११ वटा कामका लागि नगद योजना सम्पन्न गरेर २०३ जनालाई २० दिनको रोजगारी, ३५७ घरलाई सशर्त नगद अनुदान र २६ जनालाई सीपमूलक तालिम दिएको थियो । साथै कामका लागि नगद र सीपमूलक तालिमका सहभागीहरुलाई कार्य गर्ने सामग्रीहरु पनि उपलब्ध गराएको थियो ।

Previous articleपरियाेजना सल्लाहकार समितीको समिक्षा बैठक सम्पन्न
Next articleप्रतिबद्वता पूरा गर्दै पूर्व मन्त्री राई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here