जानकीमा विद्यालयकाे संयुक्त अनुगमन

नेपालगन्ज । बाँकेकाे जानकी गाउँपालिकामा विद्यालयकाे संयुक्त अनुगमन गरिएको छ ।

गाउँपालिका सामाजिक विकास समिति, गाउँपालिका शिक्षा शाखा, प्रधानाध्यापक र सामाजिक विकास मंच (एस डि एफ) बाँकेकाे संयुक्त टाेलीले विद्यालयकाे अनुगमन गरेकाे छ ।

बुधबार गरिएको संयुक्त टाेलीले श्री माध्यमिक विद्यालय जाेगागाउँ, माध्यमिक विद्यालय बन्जारे गाउँ र नेपाल राष्ट्रिय प्राथमिक विद्यालय ईन्द्रपुरकाे अनुगमन गरेकाे हाे ।

टाेलीले कक्षाकाे अवलोकनसँगै भाैतिक पक्षकाे समेत अनुगमन गरेर विद्यालाई आवश्यक सुझाव सल्लाह प्रदान गरेकाे छ । सामाजिक विकास समिति संयाेजक रामअचल धाेवी, शिक्षा शाखा प्रमुख शिक्षा अधिकृत कृष्णा कुमारी भण्डारी, सहायक शिक्षा अधिकृत भूमि कुमारी वली, एस डिएफका शिक्षा अधिकृत सहजराम यादवसहितकाे अनुगमन टाेली रहेकाे थियाे ।

वर्ल्ड भिजन इन्टरनेशनलको साझेदारीमा जानकीमा संचालन भएकाे ‘हातेमालाे’ परियोजना अन्तर्गत भएकाे अनुगमन टाेलीले विद्यालयमा सुधार गर्नुपर्ने पक्षहरू : कक्षा व्यवस्थापन, शैक्षिक सामाग्रीकाे प्रयाेग, खानेपानीकाे व्यवस्थापन, पाठ्यक्रम निर्देशिका अनुसार पाठ्यक्रमकाे प्रयाेग गर्न सुझाव प्रदान गरेकाे छ ।

Previous articleबाँकेमा करिब चार हजार घरटहरा वन क्षेत्रमा निर्माण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here