
नेपालगन्ज । प्रधानमन्त्री केपी शर्मा वलीले गरेकाे संसद बिघटन बिरूद्व जनता समाजवादी पार्टी बाँकेले प्रदर्शन गरेकाे छ ।
पार्टी बाँकेले बुधबार वि पी चोक देखि त्रिभुवन चोक हुंदै जिल्ला प्रशासन कार्यालयको अगाडि प्रदर्शन गर्दै संसद बिघटनकाे बिराेध गरेकाे हाे ।
जनता समाजवादी पार्टी नेपाल बाँकेका नेता लक्ष्मी नारायण बर्माकाे नेतृत्वमा भएकाे प्रदर्शनमा जिल्लास्तरीय नेताहरूकाे सहभागीता रहेकाे थियाे ।
प्रदर्शनका क्रममा कम्युनिस्ट पार्टीले बहुमतकाे दम्भ देखाउँदै गर्दै आएकाे कार्यबिरूद्व नाराबाजी गरिएकाे थियाे । यही माघ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकाे सांसद विघटन गर्नुभएको थियाे ।





