राझाँमा अब स्थायी प्रहरी बिट

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाकाे राझाँ चाेकमा प्रहरी बिट स्थापना गरिएकाे छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं-२० र जिल्ला प्रहरी कार्यालयकाे समन्वय र सहयाेगमा प्रहरी बिट स्थापना गरिएकाे हाे ।

प्रहरी बिटका लागि निर्माण गरिएको नव निर्मित भवनकाे बुधबार बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक ओम बहादुर राणाले उद्घाटन गर्नुभएको छ ।

नेपालगंज उपमहानगरपालिका वडा नं-२०, वडा कार्यालय र स्थानीय भद्र भलाद्मी तथा ब्यावसायीहरुको सहयोगमा दुई काेठे प्रहरी भवन निर्माण गरिएकाे वडा अध्यक्ष कृष्ण कार्कीले जानकारी दिनुभयो ।

Previous articleप्रतिबद्वता पूरा गर्दै पूर्व मन्त्री राई
Next articleजसपाद्वारा प्रदर्शन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here