
डुडुवा । संसद विघटनको असंबैधानिक कदमविरुद्ध नेपाली कांग्रेशले आज वडास्तरमा विरोध सभा गरेको छ ।
कांग्रेश डुडुवा गाउँपालिकाले वार्ड नंं १ देखि ६ सम्मका सबै वडामा छुट्टा छुट्टै विरोध सभा गरिएको छ ।
वडा नंं ४ कार्यसमितिले आयोजना गरेको सभामा क्षेत्र नं. २ का सभापति रमेश गुप्ताले मुलुकमा राजतन्त्रको हुकुमी शासनविरुद्ध लडेको एक मात्र पार्टी कांग्रेश भएकाले सम्पुर्ण नेपाली जनताको हितमा लाग्ने यो पार्टी भएको बताउनुभयो ।
उहाँले पछिल्लो अवस्थामा विभिन्न नारा, लोभ लालच तथा मुद्दाको उठाउने क्षणिक रुपमा स्थापना भएका पार्टीले सत्ता, भ्रष्टाचारमा लुप्त भई मतदातालाई वेउकुब मात्र बनाएको टिप्पणी गर्नुभयो ।
उहाँले शुसिल कोइरालाको नेतृत्वमा आएको संबिधानलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यन्वयन नगरेकोप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले राजनितिक विखण्डन निम्त्याएको बताउनुभयो ।
सभामा पार्टी महाधिबेशन प्रतिनिधी निजामुद्दिन अन्सारी, डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, क्षेत्रीय सभापति हलिम खान, पुर्व इकाइ सभापति हनिफ खा लगायतले बोल्नुभएको थियो । विरोध सभामा वार्ड नंं ४ अन्र्तगत विभिन्न गाउँ टोलका सक्रिय तथा अन्य कार्यक्रताहरुको सभागिता रहेको थियो ।





