फुल्टेक्रा माबिको नयाँ भवन निर्माण शुरु

नेपालगञ्ज । फुल्टेक्रा माध्यमिक बिद्यालयको नयाँ भवन निर्माण शुरु भएको छ । फुल्टेक्रा गाउँमा रहेको बिद्यालय साघुरो भएको र त्यसमा पनि बाटो निर्माणका लागि ठाउँ जाने भएपछि झनै साँघुरिने भएकाले बिदालयको नयाँ भवन निर्माण शुरु गरिएको हो ।

नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणाले बिहीबार बिद्यालय भवन निर्माणको सिलन्यास गर्नुभएको छ । फुल्टेक्राका समाजसेवी माधवराम बर्माले मन्दिर (ट्रष्ट) को नाममा रहेको १४ कठ्ठा जग्गा विद्यालयलाई भोगाधिकारका दिएपछि बिहीबार मेयर राणाले बिद्यालय भवन निर्माणको सिलन्यास गर्नुभएको हो । १४ कठ्ठा जग्गामा ८ कोठे विद्यालय भवनको निर्माण गरिनेछ । गाउँ भित्र बाटो निर्माणमा बिद्यालयका कारण समस्या आएको सर्वसाधारणको गुनासो आएपछि जग्गा दाता बर्माले बिद्यालयका लागि अन्यत्र ठाउँ उपलब्ध गराउने सम्झौता गर्नुभएको थियो ।

शिलान्यास गर्दै उपमहानगर प्रमुख डा.राणाले जग्गादाता बर्मा तथा शिक्षा शाखा प्रमुख थापामार्फत कम समयमा ८ कोठे विद्यालय भवन निर्माण गर्न सहयोग गरेकोमा प्रशंसा गर्दै निर्माण सम्पन्न गराउन सक्रियता देखाउनुपर्ने बताउनुभयो । सात सय सय विद्यार्थी अध्ययनरत रहेको बिद्यालयका लागि भवन निर्माणका लागि सबैको सकारात्मक पहल भएको व्यवस्थापन समितिका सदस्य ओमप्रकाश श्रीवास्तवले बताउनुभयो । वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप सिंहले सार्वजनिक कार्यमा पारदर्शी हुनु जरुरी भएकोले विद्यालय भवन निर्माण उपभोक्ता समिति गठन गरी सोमार्फत विद्यालय निर्माण गर्न सुझाव दिनुभयो ।

शिलान्यास कार्यक्रममा वडा सदस्य दिपक श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भरतबहादुर बर्मा, विद्यालयका प्रधानाध्यापक समिम कुरेसी, शिक्षक बिरेन्द्र यादव, रामसुमिरन मिश्र, पवन यादव, मनोज श्रीवास्तव, शिक्षक सगठन बाँकेका बामदेव सुवेदी, समाजसेवी बृजेशबहादुर सिंह, शिक्षा प्रेमी विजय शम्शेर राणा लगायतको उपस्थिति रहेको थियो । भवन निर्माणको लागि उपमहानगरपालिका शिक्षा शाखामार्फत ७२ लाख रुपैयाँ बजेट उपलब्ध गराईएको छ।

Previous articleकांग्रेसकाे वडास्तरमा विरोध सभा
Next articleदश हजार राशीको स्लो मोटरसाईकल प्रतियोगिता हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here