प्रेस स्वतन्त्रता सेनानी गुप्तको पुन्य तिथीमा विविध कार्यक्रम

नेपालगञ्ज । प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्तको वार्षिक पुन्य तिथीमा स्मृती सभा लगायतका कार्यक्रम गरिदैछन् ।

गत माघ १५ गते स्वर्गारोहण हुनु भएका वरिष्ठ पत्रकार गुप्तको स्मरणमा विहीबार कार्यक्रम गरिन लागिएका हुन् ।

प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त प्रतिष्ठानको हालै बसेको बैठकले गुप्ताको सम्मानमा स्मृति सभा लगायत कार्यक्रम गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष विजय कुमार गप्ताको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानको विधान मस्यौदालाई अन्तिम रुप दिदै प्रतिष्ठान दर्ता प्रक्रियालाई पनि बघि बढाउने तयारी गरेको छ ।

पुन्यतिथीका दिन विहान निलसागर सेवा आश्रममा खाना खुवाउने र दिउसो महेन्द्र पुस्तकायमा श्रदाञ्जली स्वरुप स्मृती सभा गरिने प्रतिष्ठानका महासचिव शुक्रऋषि चौलागाईले जानकारी दिनु भयो ।

प्रतिष्ठानले आगामी दिनमा लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको समग्र विकासमा मद्यत पुग्ने कार्यक्रम गर्ने जनाएको छ ।

Previous articleखजुराबाट किसान कल सेन्टरको सेवा
Next articleव्हील चियर प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here