व्हील चियर प्रदान

डुडुवा । डुडुवा गाउँपालिकाका जेष्ठ नागरिक, असाहाय, गरिब, अपांगता भएका व्यक्ती र दिर्घरोगले ग्रसित भई हिडडुल गर्न नसक्ने नागरिकलाई व्हील चियर वितरण गरिएको छ ।

गाउँपालिकाले जेष्ठ नागरिक तथा सामान्य हिड्डुल गर्न नसक्ने नागरिकलाई घरभित्र तथा बाहिर आवतजावतमा सहजताका लागि व्हील चियर वितरण गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।

डुडुवा गाउँपालिका वार्ड नंं ३ निवासी जागरानी जायसवाललाई आइतबार व्हील चियर प्रदान गरिएको छ । व्हील चियर प्राप्त गरेपछि हिडडुल गर्न निकै सहज भएको जागरानीका छोरा उदयराज जायसवालले बताउनुभयो ।

उहाँका अनुसार घरमा आमालाई यताउता हिडडुल गराउन धेरै समस्या भएको बेला गाउँपालिकाले व्हील चियर उपलब्ध गराएपछि असहाय नागरिकलाई राहत मिलेको छ ।

गाउँपालिकाले अहिलेसम्म करिब ३५ जना जेष्ठ नागरिक तथा असहाय अपांगलाई व्हील चियर उपलब्ध गराएको जनाएको छ । गाउँपालिकाले यस्ता नागरिकहरुलाई निःशुल्क औषधीसहित स्वास्थ्य सेवा उपचारको समेत घरघरमा व्यवस्था गरेको छ । भने गाउँपालिका अध्यक्ष जेष्ठ नागरिक कार्यक्रम लागु गर्ने योजना अघि सारिएको छ ।

Previous articleप्रेस स्वतन्त्रता सेनानी गुप्तको पुन्य तिथीमा विविध कार्यक्रम
Next articleहरिजनको निधनप्रति गाउँपालिकाद्धारा शोक व्यक्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here