प्रेस युनियन केन्द्रिय समिति बैठकको तयारी तीब्र

गुलरिया । बर्दियाको ठाकुरद्वारामा हुन लागेको नेपाल प्रेस युनियनको केन्द्रिय समिति बैठकको तयारी तीब्र पारिएको छ ।

यही माघ २१ गते युनियनको केन्द्रिय समिति बैठक बर्दियामा बस्न लागेको हो । युनियनले उप-महासचिव प्रेम केसीको संयोजकत्वमा तयारी थालेको छ ।

बैठकको आवश्यक तयारीका लागि युनियन बर्दिया शाखाको आयोजनामा मंगलबार गुलरियामा बृहत छलफल गरिएकाे छ । छलफलमा युनियनका उप-महासचिव केसीले केन्द्रिय समितिको बैठक पर्यटकीय स्थल ठाकुरद्वारामा हुन लागेकोमा सबैको लागि गर्बको विषय भएको बताउनुभयाे । उहाँले केन्द्रिय समिति बैठकलाई भब्य र सभ्य बनाउनुपर्ने जिम्मेवारी र दायित्व जिल्ला शाखाको पनि भएको बताउनुभयाे ।

“केन्द्रिय समितिको बैठक सफल भयो भने शाखाकै इज्जत बढ्ने हो,” उहाँले भन्नुभयो । युनियनका पुर्ब केन्द्रिय उपाध्यक्ष युबराज श्रेष्ठले युनियनको केन्द्रिय समिति बैठक सफल पार्न सबै सक्रिय भएर लाग्ने धारणा राख्नुभयाे । युनियनका केन्द्रिय सदस्य जयसिंह केसीले केन्द्रिय समिति बैठकलाई सफल बनाउन सबै लाग्नुपर्ने बेला आएको बताउनुभयाे ।

बैठकलाई ऐतिहासिक बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । युनियन बाँके शाखा अध्यक्ष अर्जुन ओलीले केन्द्रिय समितिको बैठक सफलता पुर्बक सम्पन्न गर्नमा आफ्नो शाखाले पाएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउनुभयाे ।

सो क्रममा पत्रकार महासंघका पुर्ब केन्द्रिय उपाध्यक्ष राकेश बस्याल, युनियन बर्दियाका पुर्ब अध्यक्ष ज्योती पन्थी, पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिब शुक्रऋषि चौलागाईं, महासंघ बर्दियाका उपाध्यक्ष यादव आचार्य, सचिव भावुक योगी, अग्रज पत्रकार कमल पन्थी लगायतले बाेल्नुभएकाे थियो ।

Previous articleजसपाकाे प्रशिक्षण सम्पन्न
Next articleडा.थापालाई लगाएर बाँकेमा काेराेना खाेप अभियान शुरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here