
नेपालगन्ज । जनता समाजवादी पार्टी बाँकेले आयाेजना गरेकाे दुई दिने प्रशिक्षण कार्यक्रम मंगलबार सकिएकाे छ ।
पार्टी बाँकेले साेमबारदेखि नेपालगन्जमा राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम संचालन गरेकाे थियाे ।
प्रशिक्षणमा पार्टीको बाँकेका अगुवा कार्यकर्ताकाे सहभागिता रहेकाे थियाे । जसपाका केन्द्रीय अध्यक्ष एवं पूर्व मन्त्री उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी सदस्य एवं पूर्व मन्त्री मो. इस्तियाक राई, प्रशिक्षण बिभाग प्रमुख डम्बर बल्लभ खतिवडा, प्रशिक्षण बिभाग,लुम्बिनी प्रदेश संयोजक मनिकर कार्की लगायतले कार्यक्रममा प्रशिक्षण दिनुभएको थियाे ।
जसपाका बाँके जिल्ला अध्यक्ष कमरुद्दीन राईकाे सभापतित्वमा नै प्रशिक्षण कार्यक्रमकाे उद्घाटन तथा समापन भएको जसपाकाे बाँके जिल्ला सचिव राजेन्द्र बिश्वकर्माले जानकारी दिनुभयाे ।





