
नेपालगन्ज । कोरोना महामारीसंगै गरिएको लकडाउनका कारण बन्द रहेको ३० वटा नाकालाई सरकारले खुला गरेको छ ।
मन्त्रीपरिषद् बैठकले भारत तथा चीन तर्फका नाका खोल्ने निर्णय गरेको जानकारी दिएको हो । गृह मन्त्रालयले नाका खोल्ने निर्णयको सर्कुलर सम्बन्धित जिल्ला प्रशासनमा गरेको छ ।
कोरोना कहर संगै बन्द गरिएको नेपालगन्जको जमुनाह सिमानाका खोल्नु पर्ने माग गर्दै केही राजनैतिक दलहरुले प्रदशन समेत गरेका थिए । सिमानाका बन्द रहेको र खुलेको सरकारले आधिकारिक जानकारी नदिए पनि यस अघि नै सिमानाकामा आउतजाउत चल्दै आएको थियो ।
सरकारले यसअघि १४ नाका खोलेको थियो । जसमा १६ वटा थप गरिएको हो । नाका औपचारिक रुपमा खुलेपछि मापदण्डको पालना गर्दै सीमावर्ती बजारमा खरिद, बिक्रीका लागि नेपाली ओहोरदोहोर गर्न पाउने भएका छन् । खुलेका नाकाबाट नेपालीले निर्बाध र विदेशीले शर्त सहित पालना गरेर आवागमन गर्न पाउनेछन् ।





