
ठाकुरबाबा । लैगिंक रुपान्तरण तथा समाबेशि सुरक्षित भवन निर्माण परियोजना संचालन भएको सामुदायिक विद्यालयमा सरोकारवालाहरुले अनुगमन तथा निरिक्षण गरेका छन् ।
ठाकुरवावा नगरपालिकाको वडा नं ३ मा रहेको श्री हिमालय आधारभुत बिधालयमा सरोकारवालाहरुले अनुगमन तथा निरिक्षण गरेका हुन ।
अनुगमनका क्रममा हिमालय आधारभुत बिधालयमा संचालन भएको तिन कोठे बालमैत्री तथा लैगिंक मैत्री भवन निर्माण परियोजना संचालन हुनु पुर्वको अवस्था र परियोजना संचालन भएपछि देखिएका सकारात्मक पक्षका बारेमा समेत बिधालय शिक्षक एवम प्रधानाध्यापकसंग छलफल गरिएको छ ।
फेब्रुअरी २०२० देखि शुरु गरिएको र जनवरी २०२१ मा सम्पन्न गर्ने उदेश्यका साथ संचालन गरिएकोमा बिश्वभर कोरोना भाइरसका कारण लगडाउन तथा बन्दाबन्दीले निर्माण कार्यलाइ निरन्तरता दिन चुनौती रहेपनि ठाकुराबाबा नगरपालीका र शिक्षा खेलकुद शाखासंगको निरन्तर समन्वय सहकार्यले समयमै सम्पन्न गर्न सकिएको छ ।
अनुगमनका क्रममा ठाकुरवावा नगरपालीका नगर प्रमुख धननारायण श्रेष्ठले प्लान इन्टरनेशनल नेपाल क्षेत्रिय कार्यालय सुर्खेत तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारी वालमैत्री बिधालयको निर्माण कार्य भएकाेमा धन्यवाद दिनुभयो ।
नगरपालीकाको बिकास निर्माण कार्यमा नगरपालीका हातेमालो गरि अगाडी बढीरहेको बताउदै सस्थाले निर्माण गरेको गुणस्तरीय तथा बाल मैत्री भवन निर्माण भएको बताउनुभयो ।
ठाकुरवावा नगरपालीकाका कार्यकारी अधिकृत रामहरी रिजालले प्लान र स्याक नेपालसंग लामो समयदेखि नगरपालीकाको शैक्षिक गुणस्तर बृद्घिका लागी सहकार्य गरि अगाडी बढीरहेको र आगामी दिनमा समेत यसलाइ निरन्तरता दिने बताउनुभयो ।
अनुगमनमा ठाकुरबाबा वडा नं ३ का वडा अध्यक्ष कृष्ण थारु, शिक्षा तथा खेलकुद शाखा अधिकृत सिता भण्डारी, इन्जिनीयर ज्ञान बहादुर चौधरी, स्याक नेपाल बाँकेका सुपरभाइजर राजकुमारी चौधरी लगायतको सहभागीता रहेको परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।





