नरैनापुरको आठौ गाउँ सभा सम्पन्न, जयरामपुर्वामा अस्पताल बनाउने निर्णय

नरैनापुर । नरैनापुर गाउँपालिकाको ८ औं गाउँसभा बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । नरैनापुर गाउँपालिका प्रमुख ईश्तियाक अहमद शाहको अध्यक्षतामा ४ दिन सम्म सन्चालन भएको गाउँसभामा गाउँपालिकामा २५ सैयाको अस्पताल बनाउने जग्गा छनौट गरेर यथासीघ्र अस्पताल निर्माण कार्य अगाडि बढाउने समेत निर्णय गरेको छ ।

गाँउपालिकाको वडा नम्बर ४ का वडा अध्यक्ष दिनेश शर्माले २५ सैयाको अस्पताल वडा नम्बर ४ को जयरामपुर्वाको उत्तरमा रहेको ऐलानी जग्गामा स्थानमा अस्पताल बनाउन गरेको प्रस्ताव गाउँसभाले सर्वसम्मतिले पारित गरेको हो ।

स्वास्थ्य सेवामा नागरिकको सहज पहुँचका लागि नेपाल सरकारको एक स्थानीय तह एक अस्पतालको अवधारणाअनुसार गाउँपालिकामा अस्पताल बनउनका लागि जग्गा छनौट गरि गाउँसभाले अस्पताल बनाउने निर्णय गरेको हो ।

केन्द्र सरकारले अस्पताल निर्माण गर्ने निर्णय गरेर यसै वर्ष विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गर्न परिपत्र गरेपछि नरैनापुर गाउँपालिकाले जग्गाको खोजी सुरु गरेको थियो । यस्तैगरि आठौ गाउँशभाले गाउँपालिकाको वडा नम्बर २ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा इमेर्जेन्सी सेवा,आँखा उपचार केन्द्र स्थापना तथा सर्प दन्स उपचार केन्द्र स्थापना गर्ने निर्णय समेत गरेको गाँउपालिका प्रमुख ईश्तियाक अहमद शाहले बताउनुभयाे ।

वडा नम्बर २ का वडाध्यक्ष मसुद अहमद शाहले गरेको प्राथमिक स्वास्थ्य चौकी लक्ष्मणपुरमा इमेर्जेन्सी सेवा,आँखा उपचार केन्द्र स्थापना तथा सर्प दन्स उपचार केन्द्र स्थापना गर्ने प्रस्तावलाई गाउँसभाले सर्व सम्मतिले पास गरेको थियो ।

गाउँसभाले आथिक बर्ष २०७७/०७८ को श्रावणदेखि पौष मसान्त सम्मको खर्च बिवरण सम्बन्धमा समेत छ्लफल गरेको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत महेन्द्र जंग शाहीले बताउनुभयाे ।

गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत शाहीका अनुसार गाँउसभाले कर्मचारी कल्याण कोष समेत स्थापना गर्ने निर्णय गरेको छ ।

गाउँपालिकामा काम गर्दागर्दै सेवा निबृत हुने कर्मचारीहरुको अवकास पछि पनि केही सहयोग पुरयाउने उद्धेश्य अनुरुप कर्मचारी कल्याण कोष स्थापना गर्ने निर्णय गरिएको प्रमुख प्रशाशकीय अधिकृत शाहीले बताउनुभयाे ।

Previous articleब्याटमिन्टन संघ बाँकेकाे अध्यक्षमा थापा चयन
Next articleचुनावमा जुट्न कार्यकर्ताहरुलाई सिके राउतको निर्देशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here