ब्याटमिन्टन संघ बाँकेकाे अध्यक्षमा थापा चयन

नेपालगन्ज । बाँके जिल्ला व्याटमिन्टन संघको अध्यक्षमा संन्जय थापा चयन हुनुभएको छ । शनिबार नेपालगंजमा सम्पन्न संघको छैठौं साधारणसभाले थापाको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति चयन गरेको हो ।

साधारणसभाले संघको उपाध्यक्षमा पाँच जनालाई चयन गरेको छ । संघको बरिष्ठ उपाध्यक्षमा मिन बहादुर मल्ललाई चयन गरिएको छ भने अन्य उपाध्यक्षहरुमा क्रमश : सिद्धान्त जंग राणा, बिष्णु रिमाल, बाबुराम शाहु र डा.कुमार सान शाह रहनुभएको छ ।

संघको सचिवमा भक्त गोदार, सहसचिवमा दिपक ध्वज शाही र कोषाध्यक्षमा जयदेव अवस्थी चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा नरेन्द्र भण्डारी, तरुण गौतम, टेक बहादुर खडका, भास्कर काफले, निम बहादुर थापा, शसि स्वाँर, मन्जु सिटौला, इश्वर श्रेष्ठ, सुर्य मानन्धर, अनिल बस्नेत रहनुभएको छ ।

साधारणसभाको उदघाटन शत्रमा बोल्दै संघीय सांसद तथा ओलम्पियन सुरेन्द हमालले पश्चिम क्षेत्रमा खेलाडीहरुको हब नेपालगन्ज भएको बताउनुभयो । उहाँले अहिलेसम्म जे जस्तो भएपनि अबको यात्रा अबिष्मरणीय बनाउन समिति लाग्नुपर्ने बताउनुभयो । पश्चिम नेपालमा सबैभन्दा बढि खेलाडी भएको क्षेत्र नै नेपालंगज भएको भन्दै संघीय सांसद हमालले व्याटमिन्टन संघले अगामी दिनमा इतिहास रच्नका लागि सक्रियताका साथ लाग्नुपर्ने बताउनुभयो ।

उदघाटन शत्रमा क्षेत्रीय खेलकुद बिकास समितिका अध्यक्ष महेश चन्दले व्याटमिन्टन संघको औपचारिक अनौपचारिक संक्रियताका कारण नै थुर्पै नयाँ प्रतिभाको आगमन भइरहेको बताउनुभयो । उहाँले यसका साथै अगामी यात्रामा पनि खेलाडीको हक अधिकारलाई सुनिश्चित गर्नका लागि प्रयास र पहल कदमीको नेतृत्व लिनुपर्नेमा जोड दिनुभयो ।

साधारणसभामा राष्ट्रिय खेलकुद परिषदका प्रमुख व्याटमिन्टन प्रशिक्षक सुदिप योन्जन, जिल्ला खेलकुद बिकास समिति प्रमुख सन्तोष श्रेष्ठ, सामुदायिक प्रहरी सेवा केन्द्रका निवर्तमान अध्यक्ष शशी स्वाँर, नेपालगंज उद्योग वाणिज्य कार्यसमिति सदस्य श्यामशुन्दर अधिकारी, होटेल व्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्ष भास्कर काफले, बाँके अध्यक्ष भीम कंडेल, पुर्व प्रशासकीय अधिकृत बसन्त कनौजिया लगायत व्याटमिन्टन खेलाडीहरुको उपस्थिती रहेको थियो ।

Previous articleतरुण दल अध्यक्ष केसीमाथी युवा संघको आक्रमण
Next articleनरैनापुरको आठौ गाउँ सभा सम्पन्न, जयरामपुर्वामा अस्पताल बनाउने निर्णय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here