जिल्ला स्तरिय खुल्ला बुद्धिचालमा संगम प्रथम

नेपालगन्ज । बाँके जिल्ला स्तरिय खुल्ला बुद्धिचाल प्रतियोगितामा ५ अंकका साथ संगम पोख्रेल प्रथम भएका छन् ।

शनिवार बाँकेको बैजनाथ गा.पा. वडा नं. ४, बानियाभार स्थीत डाइनामिक इङ्लीस मिडियम स्कुलले आयोजना गरेको जिल्ला स्तरिय खुल्ला बुद्धिचाल प्रतियोगितामा च्याम्पियन हुन सफल पोख्रेल कोहलपुर नगर बुद्धिचाल संघका अध्यक्ष हुनुहुन्छ ।

विभिन्न ५ चरणमा खेलाइएको प्रतियोगितामा खुल्ला तर्फ भेरी प्राविधिक शिक्षालय नेपालगन्जका केशर वली ४ अंकका साथ दोश्रो, कोहलपुरका ओम प्रकाश भुषाल तेश्रो, नेपालगन्ज मोडेल एकेडेमीका सुभाष शाह चौथो, सेन्ट थोमस स्कुलका प्रकाश बोहरा पाँचौ, देव बहादुर खत्री छैंठौ र गोर्खा स्कुलका अन्सुमन मगर सातौं हुन सफल हुनुभएको छ ।

चिफ आर्विटर पशुपति नाथ योगीले दिएको जानकारी अनुसार, प्रतियोगितामा विधाहरु मध्ये विद्यार्थी तर्फ ४ अंकका साथ नेपालगन्ज मोडेल एकेडेमीका निष्पक्ष जंग शाह प्रथम र अरुणोदय स्कुलका उत्सव बस्नेत दोश्रो हुनुभएको छ ।

त्यसै गरि केदार ढकाल कोहलपुर च्याम्पीएन र पञ्चमुखी स्कुलका सिद्धार्थ पुन दोश्रो हुनुभएको  छ । ३ अंकका साथ नेपालगन्ज मोडेल एकेडेमीकी श्रृष्टी शाह महिला च्याम्पियन र खजुरा बहुमुखी क्याम्पसकी निशा बस्नेत दोस्रो हुनुभयो ।नेपालगन्ज च्याम्पियन तर्फ ३ अंकका साथ आर्यन बिष्ट प्रथम र नेपालगन्ज मोडेल एकेडेमीका सुमित थापा दोश्रो हुनुभयो ।

अन्डर-१० वर्ष तर्फ सम्यक गैरेले गोल्ड मेडल हासिल गर्नुभयाे । ९ वर्षीय गैरे यसअघिको जिल्ला स्तरिय प्रतियोगितामा पनि सोही विधामा उत्कृष्ट सहभागी हुन सफल हुनुभएको थियो ।

पशुपति नाथ योगीले चिफ आर्विटरको भूमिका निर्वाह गरेको प्रतियोगितामा २.५ अंकका साथ दिपक खत्री बैजनाथ च्याम्पियन हुनुभएको छ भने आकृति बोहरा नेपालगन्ज मोडेल एकेडेमी प्रथम हुन सफल हुनुभएको छ । साथै, रविन पुन मगर डाइनामिक इ.मि. स्कुल च्याम्पियन भएका हुनुभयो ।

खुल्ला तर्फका उत्कृष्ट १२ र विधा तर्फ उत्कृष्ट हुन सफल खेलाडीहरुलाई आयोजक स्कुलका प्रिन्सीपल प्रकाश शाह, बाँके जिल्ला बुद्धिचाल संघका सदस्य मदन वली लगायतले मेडल, प्रमाण पत्र वितरण गर्नुभयाे ।

बाँके जिल्ला बुद्धिचाल संघले विभिन्न विद्यालय सँग सहकार्य गरेर यतिबेला निरन्तर प्रतियोगिता गराइरहेको छ । यसका लागि चिफ आर्विटर पशुपति नाथ योगीले सक्रिय भूमिका खेलेको संघले जनाएको छ ।

Previous articleचुनावमा जुट्न कार्यकर्ताहरुलाई सिके राउतको निर्देशन
Next articleरक्तदान कार्यक्रम सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here