रक्तदान कार्यक्रम सम्पन्न

नेपालगन्ज । सक्सेस फोरमको आयोजना तथा क्षेत्रीय रक्त संचार नेपालगंज बाँकेको प्राविधिक सहयोग र सहकार्यमा शनिबार आयोजनामा रक्तदान गरेका छन् ।

“share blood save life” भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रमको संस्थाका संस्थापक अध्यक्ष सीता बोहोराले आप्mनो रगत दान गरी रक्तदान कार्यक्रमको उद्घाटन गर्नु भयो ।

युवा पुस्तालाई रक्तदानप्रति आकर्षित गर्न र नयाँ रक्तदाताको खोजी अभियानमा सघाउन सक्सेस फोरमले गर्दै आएको रक्तदान कार्यक्रममा यस पटक पनि नयाँ रक्तदाताको सहभागिता रह्यो ।

रक्तदान मध्ये ६० प्रतिशत नयाँ रक्तदाताले रक्तदान गरेको आयोजक संस्थाका महासचिव बामदेव पोख्रेलले जानकारी दिए । रक्तदानमध्ये १५ जना नयाँ रक्तदाता, ८ महिला र १७ जना पुुरुषले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रमबाट धेरै रक्त संकलन गर्नुभन्दा पनि नयाँ पुस्तालाई रक्तदान गर्नुपर्दछ भन्ने भावनाको विकास गर्न संस्थाले रक्तदान कार्यक्रम गर्दै आएको पोख्रेलले बताउनुभयाे ।

सक्सेस फोरम नेपालगंज क्षेत्रमा संस्थागत रगत संकलन गर्ने संस्थाको रुपमा नेपाल रेडक्रस सोसाइटीले संस्थालाई संस्थागत रक्तदाताको रुपमा सम्मान समेत गरेको छ ।

संस्थाले नेपालगंजमा रगतको अभाव हुँदा आकस्मिक रक्तदान कार्यक्रम पनि बेला बेलामा आयोजना गरेको छ । संस्थाका सदस्य रविन शर्माले संस्थाले स्थापानाकालदेखि नै सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान, सरसफाइ, ट्राफिक सचेतना, आर्थिक सहयोग लगायतका सामाजिक काम गरिरहेको बताउँदै भविष्यमा पनि सस्थाले गर्ने सामाजिक काममा शुभेच्छुक, संघ, संस्थाहरुको निरन्तर सहकार्य रहने विश्वास व्यक्त गर्नुभयाे ।

Previous articleजिल्ला स्तरिय खुल्ला बुद्धिचालमा संगम प्रथम
Next articleनेपालगञ्जका बिद्यालय तीन दिन बन्द गर्न निर्देशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here