नरैनापुरको जमुनाहाबाट माउ हरिणको उद्धार

नरैनापुर । बाँकेको नरैनापुरमा एक माउ हरिणको उद्धार गरिएको छ । नरैनापुर गाउँपालिका वडा नं ५ जमुनाहामा कुकुरले लखेट्दै गरेको माउ हरिणलाई स्थानीयले उद्धार गरेका हुन ।

आइतबार बिहान ८ बजे हरिणलाई कुकुरले लखेटेको अवस्थामा स्थानीयले देखेका थिए । उद्धारपछि सशस्त्र प्रहरी बल नरैनापुरको टोली पुगी गाउँपालिका अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाहको उपस्थितिमा मुचुल्का गरी स्थानीय सामुदायिक वनमा छाडिएको छ ।

गाउँपालिका अध्यक्ष शाह, इलाका वन कार्यालय वन रक्षक सुरज प्रसाद ठाकुर र राजेश श्रीवास्तवको रोहवरमा स्थानीय गाजी सामुदायिक वनमा आइतबार दिउँसो छाडिएको सशस्त्र प्रहरी नायब निरिक्षक हर्क बहादुर थापाले जानकारी दिनुभयो ।

Previous articleनेपालगञ्जका बिद्यालय तीन दिन बन्द गर्न निर्देशन
Next articleफोटो बारे नेपालगन्जमा अन्तरक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here