नेपालगञ्जका बिद्यालय तीन दिन बन्द गर्न निर्देशन

नेपालगञ्ज । जिल्लामा जाडो बढेपछि नेपालगञ्जका बिद्यालय बन्द गरिएका छन् । केहीदिनदेखि बाक्लो कुहिरोसंगै जाडो बढेपछि नेपालगञ्ज उपमहानगरपालिका भित्रका सबै बिद्यालय तीन दिनका लागि बन्द गरिएका हुन ।

उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोरख बहादुर थापाद्धारा आइतबार एक सूचना जारी गरी जाडो बढेकाले सबै बिद्यालय १९ गते सोमबारदेखि माघ २१ गते बुधबारसम्म तीन दिनका लागि सबै बिद्यालय बन्द गर्न निर्देशन गरिएको छ । तीन दिन बिद्यालय बन्द गर्ने निर्देशनसंगै उपमहानगरपालिका शिक्षा शाखाले अहिलेको जस्तै मौसम निरन्तर नै रहे शुक्रबारसम्म बिदा गर्ने सूचनामा उल्लेख छ ।

चिसो बढेपछि उपमहानगरपालिकाभित्रका शिक्षा सम्बद्धको संयुक्त बैठकले बिदा दिने निष्कर्षमा पुगेको भएको नेपाल शिक्षक महासंघ नेपालगञ्ज नगर समितिका अध्यक्ष मनोजराजा श्रीवास्तले जानकारी दिनुभयो ।

Previous articleरक्तदान कार्यक्रम सम्पन्न
Next articleनरैनापुरको जमुनाहाबाट माउ हरिणको उद्धार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here