“कम्युनिष्ट पार्टीहरु मिलेर जानु बाहेक विकल्प छैन” पार्टी एकता अभियान

गुलरिया । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पार्टी एकता राष्ट्रिय अभियानको घोषणा कार्यक्रमका सहभागीहरुले पार्टी एकतामा लाग्नु पर्ने बताएका छन ।

आइतबार बर्दियाको गुलरियामा अयोजना गरिएको पार्टी एकता राष्ट्रिय अभियानको घोषणा कार्यक्रममा बोल्ने अधिकांश व्यक्तिले कम्युनिष्ट पार्टीहरु एक जुटको विकल्प नभएको बताएका हुन ।

प्रधानमन्त्रि केपी ओली र माधव दहाल छुट्टा छ्ट्टै आफना् कार्यक्रम संचालन गरि रहेको अवस्थामा नेकपाका नेता बामदेव गौतामले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पार्टी एकता राष्ट्रिय अभियान संचालन गर्नुभएकाे छ ।

सोही कार्यक्रमको घोषणा कार्यक्रम बर्दियामा पनि गरिएको छ । कार्यक्रममा बोल्दै (नेकपा) पार्टी एकता राष्ट्रिय अभियान बर्दियाका जिल्ला इन्चार्ज पुर्ण शर्माले कमरेडहरुको चरित्र केटाकेटीको खेल जस्तै भएको बताउनुभयाे ।

प्रधानमन्त्रीको एउटा गुट र माधव दहालको गुटले एक अर्कालाई लगाएको लञ्छना सारै तल्लो स्तरको भएको बताउनुभयाे । “ हामीले सुन्न सकिरहेका छैनैं एक अर्कालाई सारै तर झरेर मलाई लाग्छ हामी सानो हुँदा बालुवाको घर बनाउँथ्यो अनि हिड्ने बेलामा त्यसलाई भत्काएर जथाभावी बोलेर हिंड्थ्यौं आज हाम्रो नेताको चरित्र यो अवस्थामा पुगेको छ ” उहाँले भन्नुभयो ।

नेपालको संविधानमा उल्लेख भएको समाजवाद कतै भत्किने हो की कार्यकर्तालाई शंका भएको उहाँले बताउनुभयाे । हाम्रो आधार भनेको पार्टी फुट्दैन भोली पार्टी नगर्नुको विकल्प नभएको उहाँले बताउनुभयाे । बामादेव गौतमले ल्याएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पार्टी एकता राष्ट्रिय अभियानलाई गाँउ गाँउमा पुर्याइ सवै लाग्नु पर्ने उहाँको भनाई थियो ।

यसैबीच नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पार्टी एकता राष्ट्रिय अभियानकी केन्द्रिय सदस्य तथा सफल युवा उद्यभी अशोक खड्काले पनि पार्टी एकता हुनुपर्नेमा जोड दिनुभयाे । देशलाई सफल बनाउन कम्युनिष्ट कै सरकारको अवश्यकता रहेको बताउँदै कुनैपनि हालतमा एकता अभियानलाई जोगाउनु पर्ने बताउनुभयाे । नेपालमा कम्युनिष्टहरु बीच फुटको बाताबरण निर्माण भए देशको अर्थव्यवस्था लगायत सवै कुराहरुमा समास्य पर्ने र कमजोर सरकार बन्ने बतातावरण बन्ने भएकाले पार्टी एकताको विकल्प नभएको खड्काले बताउनुभयाे ।

पार्टी एकता अभियानकी केन्द्रिय सदस्य ज्ञानुमाया रिजालले पार्टी एकतालाई पहिलो प्राथमिकतामा राखी एकजुट हुनुपर्ने बताउनुभयाे । देशको बल भनेको सामुहिक एकता भएको उल्लेख गर्दै रिजालले कम्युनिष्टहरुको विचारधारा लगायतमा अविश्वास कायम हुने कुरा कसैले पनि गर्न नहुने बताउनुभयाे ।

एकता अभियानका केन्द्रिय सदस्य यसैबीच नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पार्टी एकता राष्ट्रिय अभियान बर्दियाका जिल्ला इन्चार्ज पुर्ण शर्माको अध्यक्षतामा गुलरियामा भएको भेलाले जिल्ला संयोजकमा शर्मा चौधरी, सहयाेंजक हरि अधिकारी, सचिवमा तथा प्रवक्तामा अंगद श्रेष्ठ र सहसचिवमा विनोद कुमार परियार, सहसचिव र कोषाध्यक्षमा लाल प्रसाद खरेल रहने गरि १ सय १ सदस्य समिती समेत बनाएको छ ।

Previous articleप्रतिनिधिसभा विघटन विरुद्ध नेपालगन्जमा प्रदर्शन
Next articleनेपालगन्जमा आधुनिक मेकअप स्टुडियो संचालनमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here