नेपालगन्जमा आधुनिक मेकअप स्टुडियो संचालनमा

नेपालगन्ज । नेपालगन्जमा आधुनिक मेकअप स्टुडियो संचालनमा आएको छ । सोमबार नेपालगन्जको न्युरोडमा अत्याधुनिक मेकअप स्टुडियोको सोमबार उद्घाटन भएको हो ।

उक्त आधुनिक मेकअप स्टुडियोको उद्घाटन प्रदेश सभासद सुरेन्द्र हमालले गर्नुभएको छ ।

स्टुडियोमा इटली, जर्मन, टर्फी, भारत लगायतका  ब्रान्डेड कम्पनीका सामानहरु प्रयोग हुने प्रोपराइटर मोहित समशेर जबराले उद्घाटन समारोहमा बताउनुभयाे ।

मेकअप स्टुडियोमा  इटली, जर्मन, टर्फी, भारत  फार्मेसी, स्टेजेलाईन, एसेन्स, फ्लोरेन, नोट, गोल्डेन रोज, लोटस कम्पनीहरुका मेकअपका  सामान प्रयोग हुने किरण राज्यलक्ष्मी  शाह राणाले बताउनुभयाे ।

उक्त स्टुडियोमा नेल पोलिस आर्ट, फेस मेकअप, जुरो लगायतका सेवा उपलब्ध रहनेछ ।

काठमाडौं, पोखरा बुटवल तथा पुर्वी नेपालका धरान लगायतका ठुला शहरमा यस्ता आधुनिक मेकअप स्टुडियो अगाडी नै संचालनमा आइसकेका छन् ।

Previous article“कम्युनिष्ट पार्टीहरु मिलेर जानु बाहेक विकल्प छैन” पार्टी एकता अभियान
Next articleअनुसन्धान सहायक सुचकको हत्यामा संलग्न सात अभियुक्त सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here