अनुसन्धान सहायक सुचकको हत्यामा संलग्न सात अभियुक्त सार्वजनिक

नेपालगन्ज । राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रविन थापा मगरको हत्यामा संलग्नलाई प्रहरीले् सार्वजनिक गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलनमार्फत प्रहरीले सुचक थापाको हत्यामा संलग्न भएकाहरुलाई सार्वजनिक गरेको हो ।

प्रहरीले हत्यामा संलग्न सात जनालाई सार्वजनिक गरेको छ । हत्यामा संलग्न भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ लग्दहवाका २४ वर्षीय गणेश कुमार कुर्मी (कार्की भनिने), सोही ठाउँका १९ वर्षीय निश्चल गुरुगं, नेपालगञ्ज ४ बसपार्क बाईपासमा बस्ने २१ वर्षीय तेज मगर भनिने तेज बहादुर बि एम, नेपालगञ्ज ५ का १६ वर्षीय एक युवक, वडा नं ६ का एक १७ वर्षीय युवक, राप्ती सोनारीको कुसुमका एक १७ वर्षीय युवक र नेपालगञ्ज घरवारीटोलका भुन्टु नाम गरेका १७ वर्षीय युवक रहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिनुभयो ।

तालिम प्राप्त कुकुरको प्रयोगमार्फत गरिएको अनुसन्धानबाट उनीहरुसंगै हत्यामा प्रयोग गरिएका २ थान मोबाईल, ४ थान चिरपट र जलाएको हेलमेटको टुक्रा बरामद भएको प्रहरीले जनाएको छ । माघ २ गते बिहान साढे नौ बजे तोरीबारीमा उनको शव फेला परेको थियो । कुर्मी र मृतक साथी रहेको पनि खुल्न आएको प्रहरीले बताएको छ ।

Previous articleनेपालगन्जमा आधुनिक मेकअप स्टुडियो संचालनमा
Next articleनेपाल प्रेस युनियनको नवौं महाधिवेशन जेष्ठमा हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here