नेपाल प्रेस युनियनको नवौं महाधिवेशन जेष्ठमा हुने

ठाकुरद्धारा । नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आगामी जेष्ठमा हुने भएको छ । बर्दियाको ठाकुरद्वारामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी जेठ १३ र १४ गते गर्ने निर्णय गरेको हो ।

युनियनका अध्यक्ष बद्री सिग्देलले प्रेस युनियनको नवौं महाधिवेशन आगामी जेठ १३ र १४ गतेका लागि निर्धारण गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार महाधिवेशन स्थलको टुंगो सचिवालयले लगाउने छ ।

यसअघि युनियनले गत चैत २१ र २२ गते बाँकेको नेपालगञ्जमा महाधिवेशन गर्ने निर्णय गरेर महाधिवेशनको तयारी समेत थालनी गरिसकेको थियो । तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण महाधिवेशन स्थगित गरिएको थियो ।

युनियनका प्रतिष्ठान, जिल्ला र विदेश गरि ८७ शाखा छन् । शाखाबाट आएका झण्डै एक हजार पाँच सयभन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुने केन्द्रीय अध्यक्ष सिग्देलले बताउनुभयो ।

Previous articleअनुसन्धान सहायक सुचकको हत्यामा संलग्न सात अभियुक्त सार्वजनिक
Next articleविवाद समाधानमा प्रहरीको उपस्थिति बढयो : अगुवा महिला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here