बलात्कार आरोपमा बम्जनविरुद्ध मुद्दा दायर

सर्लाही । आफ्नै आश्रमकी आनीलाई बलात्कार गरेको अभियोगमा लिटल बुद्धका नामले परिचित रामबहादुर बम्जन (रामलाल बम्जन) विरुद्ध अदालतमा मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय, सर्लाहीले बिहीबार जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दायर गरेको हो । पटक पटकको पक्राउ प्रयास असफल भएपछि फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो ।

१४ वर्षसम्म कैद सजाय माग दाबीसहित मुद्दा दायर गरिएको सर्लाहीका जिल्ला न्यायाधीवक्ता केशव प्रसाद गौतमले जानकारी दिनुभयो

Previous articleअन्त्य भयो संघीय संसदको बजेट अधिवेशन
Next articleकैलालीको दुई स्थानमा बाढी पस्दा २१ घर डुबानमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here