कैलालीको दुई स्थानमा बाढी पस्दा २१ घर डुबानमा

तस्बिर : गुगल

कैलाली । कैलालीमा वर्षासँगै आएको बाढीमा दुई स्थानका २१ घर डुवानमा परेका छन् ।

कैलालीको जोशीपुर गाउँपालिकामा २० र घोडाघोडी नगरपालिकामा एक गरी २१ घर डुवानमा परेको प्रहरीले जनाएको छ।

जोशीपुर १ राजीपुर र वडा नम्बर ३ को एक टोलमा काडा नदीमा आएको बाढी गाउँमा पसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताउनुभयो ।

उहाँका अनुसार दुवै वडामा २० घर डुवानमा परेका छन् भने दुई फिटभन्दा बढी पानी जमेको छ । वडा नम्बर ३ का हिरालाल चौधरीको घर भत्किएको विष्टले जानकारी दिनुभयो ।

यसैगरी घोडाघोडी नगरपालिका वडा नम्बर २ टनकपुरमा लक्ष्मी न्यौपानेको घर पनि डुवानमा परेको छ ।

Previous articleबलात्कार आरोपमा बम्जनविरुद्ध मुद्दा दायर
Next articleन्यून मध्यम आय वर्गमा उक्लियो नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here