अन्तरपार्टी महिला संजालकाे अध्यक्षमा काफ्ले सर्वसम्मत चयन

नेपालगन्ज : विभिन्न पार्टीका महिला नेतृहरूकाे संयुक्त संजालका रूपमा रहेकाे अन्तर पार्टी महिला संजाल बाँकेको अध्यक्षमा अम्बिका काफ्ले चयन हुनुभएको छ ।

शुक्रबार नेपालगन्जमा भएकाे आठौं साधारणसभाबाट काफ्ले सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हाे । त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसबाट गिता राना, सचिवमा नेकपाबाट अछरी पोखरेल, कोषाध्यक्षमा राजपा नेपालबाट दुर्गा वाल्मीकि चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा क्रमश नेपाली काँग्रेसकी नारायणी रुपाखेती, नेकपाकी रेणु खड्का, राजपाकी रेखा गुप्ता, नेपाली काँग्रेसकी रिचा दुवेदी, दीक्षा कोइराला, रत्ना राणा, नेकपाकी इताँ शर्मा, विमी पन्थी, प्रेमा शाही र समाजवादी पार्टीकी सायरा दर्जी चयन हुनुभएको हाे । १ जना पछि थप्ने गरी १५ जनाको कार्य समिति चयन गरेको छ ।

Previous articleसाेहन र कैलाशनाथ किसान महासंघको सदस्यमा चयन
Next articleकाँग्रेस शुभेच्छुक संस्थाहरुद्वारा बिरोध प्रदर्शन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here