काँग्रेस शुभेच्छुक संस्थाहरुद्वारा बिरोध प्रदर्शन

नेपालगन्ज । नेपाली कांग्रेसका सबै शुभेच्छुक संस्थाहरुले ७७ जिल्लामा शनिबार बिरोध प्रदर्शन गरेकाे छ ।

प्रतिनिधिसभा विघटन विरुद्ध कांग्रेसका सबै १८ वटै शुभेच्छुक संस्थाहरुको आयाेजनामा बाँकेमा पनि प्रदर्शन भएको हो ।

शनिबार ११ बजे बिहान नेपाली काँग्रेस बाँकेकाे पार्टी कार्यालयबाट शुरू भएकाे प्रदर्शन बीपी चाेकमा समापन भएकाे थियाे । प्रदर्शनमा शुभेच्छुक संस्थाहरुका नेता-कार्यकर्ता तथा पार्टीका नेताहरूकाे सहभागीता रहेकाे थियाे ।

बाँकेमा बिरोध प्रदर्शनमा शुभेच्छुक संस्थाहरुमा नेपाल शिक्षक संघ, नेपाल प्रजातान्त्रिक प्राध्यापक संघ, डिएलए, नेपाल निजामती कर्मचारी युनियन, नेपाल प्रेस युनियन, नेपाल सांस्कृतिक संघ र नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध २१ वटा संघको सहभागि भएका थिए ।

Previous articleअन्तरपार्टी महिला संजालकाे अध्यक्षमा काफ्ले सर्वसम्मत चयन
Next articleनेपालगन्जमा अनलाईन बिजिनेश फेस्टिबल आयोजना हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here