नेपालगन्जमा अनलाईन बिजिनेश फेस्टिबल आयोजना हुँदै

नेपालगन्ज । नेपालगन्जमा अनलाईन बिजिनेस फेस्टिबल आयोजना हुने भएको छ । मिठो छ फुड प्रालिको आयोजनामा फेस्टिबल हुन लागेको हो ।

आयोजकले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै आगामी माघ २९ गतेदेखि फाल्गुण १ गतेसम्म नेपालगन्जस्थित बाटिका होटल परिसरमा फेष्टिबल आयोजना गर्न लागेको जानकारी दिएको छ ।

फेस्टिबलको मुख्य आकर्षणमा अनलाईन बिजिनेश सम्बन्धी जानकारीहरु, बिभिन्न परिकार पाईने स्टलहरु, सांगितीक प्रस्तुतीहरु, स्टेण्डप कमेडीहरु र कला प्रदर्शनी लगायतका रहेको आयोजक संस्थाका प्रमुख सौभाग्य जंग शाहले जानकारी दिनुभयो ।

शाहले यो फेस्टिबल नेपालगन्जमा रहेका सम्पुर्ण अनलाईन बिजिनेशहरुको प्लेटफर्म भएको समेत बताउनुभयो । कोभिड–१९ महामारीका कारण संसारका हरेक क्षेत्र पछाडि परिरहेको अवस्थामा यस्ता किसिमका फेस्टिबलको आयोजनाले केहि मात्रामा भएपनि सबैलाई राहत पु¥याउने आयोजकले बिश्वास लिएको छ । फेस्टिबलको मिडिया पार्टनरमा बागेश्वरी टेलिभिजन रहेको छ ।

Previous articleकाँग्रेस शुभेच्छुक संस्थाहरुद्वारा बिरोध प्रदर्शन
Next articleयोगिनी कपको उपाधि एफसिलाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here