स्थापना दिवसमा रक्तदान कार्यक्रम

नेपालगंज । नेपाल रेडक्रस सोसाइटी कुसुम उपशाखाको स्थापना दिवस शनिवार राप्तीसोनारी १ खासकुश्मामा मनाइएको छ ।

उक्त दिवसका अवसरमा खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । रक्तदान, जीवन दान हो भन्ने भावनाको मुल मर्मलाई आत्मसाथ गरी ५८ जनाले रक्तदान गर्नु भएको कुरा नेरेसो कुसुम उपशाखाका सभापति भिमार्जुन देवकोटाले जानकारी दिनु भएको छ ।

राप्तीसोनारी गाउँपालिका १ नं. वडाका वडाअध्यक्ष चन्द्रबहादुर वलीले प्राविधिकहरुलाई रक्तसंकलन व्याग हस्तान्तरण गर्दै रेडक्रसको मानवीय सेवालाई सबैले अंगीकार गर्नु आजको आवश्यकता हो बताउनु भयो ।

नेरेसो कुसुम उपशाखाका सभापति भिमार्जुन देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वयंसेवी रक्तदाता, रेडक्रसका सदस्यहरु, प्रहरी र स्थानीय बसिन्दाहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

Previous articleकसौधन बैश्य समाज युवा मञ्च तथा महिला मञ्चका पदाधिकारीद्धारा पदभार ग्रहण
Next articleजसपा बाँकेले जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here