कसौधन बैश्य समाज युवा मञ्च तथा महिला मञ्चका पदाधिकारीद्धारा पदभार ग्रहण

नेपालगञ्ज । कसौधन बैश्य समाज युवा मञ्च तथा महिला मञ्चका पदाधिकारीहरुले शनिबार सपथ र पदभार ग्रहण गरेका छन् । दुबै मञ्चका पदाधिकारीले नेपालगञ्जमा शनिबार एक कार्यक्रमका बीच सपथ र पदभार ग्रहण गरेका हुन । नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणाको बिशेष उपस्थिति तथा कशौधन बैश्य समाजका अध्यक्ष नन्दलाल बैश्यको अध्यक्षतामा भएको छ ।

युवा मञ्चको अध्यक्षमा आदित्य कुमार गुप्ता, उपाध्यक्ष निखिल कुमार बैश्य, सचिव अमन गुप्ता (हर्षित), सहसचिव आशिष कुमार बैश्य, कोषाध्यक्ष सुज बैश्य, सहकोषाध्यक्ष भैरब प्रसाद बैश्य (शिवम), सदस्यहरु निरज गुप्ता, बिकास कुमार गुप्ता, अमृत लाल बैश्य, ज्ञानेन्द्र कुमार गुप्ता, सतिश कुमार बैश्य, पियूश बैश्य, सुभम बैश्य, आनन्द कुमार गुप्ता तथा सल्लाहकारहरु अम्बिका प्रसाद बैश्य (हरिश), सुजित बैश्य र संजय कुमार बैश्य (सगुन) सहित १७ सदस्यीय समिति चयन भएको थियो ।

यस्तै महिला मञ्चको अध्यक्षमा सीता देवी बैश्य, उपाध्यक्ष सरिता बैश्य, सचिव सोनाली गुप्ता, सहसचिव संध्या बैश्य, कोषाध्यक्ष आरती बैश्य, सहकोषाध्यक्ष ज्योत्साना गुप्ता, जनसम्पर्क अधिकारी रेनु बैश्य, सांस्कृतिक कार्यक्रम संयोजक अनुपमा बैश्य, संचार संयोजक दिपाली टण्डन, सांस्कृतिक कार्यक्रम सहायक रेशमा बैश्य (गुप्ता), शैक्षिक कार्यक्रम संयोजक ज्योति कुमारी बैश्य, शैक्षिक कार्यक्रम सहायक लक्ष्मी गुप्ता, जनसम्पर्क सहायक अल्पना कुमारी गुप्ता तथा सल्लाहकारहरु मन्जु गुप्ता, ज्योति कुमारी बैश्य र राधा बैश्यले सपथ तथा पदभार ग्रहण गरेको युवा मञ्चका अध्यक्ष आदित्यले जानकारी दिनुभयो । कार्यक्रममा संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवी तथा समाजसेवीको उपस्थिति रहेको थियो ।

Previous articleयोगिनी कपको उपाधि एफसिलाई
Next articleस्थापना दिवसमा रक्तदान कार्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here