बाँकेमा मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ

नेपालगञ्ज । बाँके प्रहरीले मोटरसाईकल चोरी गर्ने ठुलो गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार पत्रकार सम्मेलनमार्फत चोरीमा संलग्न गिरोहलाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाले पक्राउ गरिएको गिरोहले बाँके जिल्लामा चोरी गर्ने र पहाडी जिल्लामा लगेर बच्ने गरेको खुलासा भएको बताउनुभयो ।

उहाँले पछिल्लो बाँकेमा मोटरसाईकल चोरीको घट्ना बढेपछि प्रहरीले यसतर्फ निगरानी बढाइएको र सोही अनुसार उक्त कार्यमा संलग्न गिरोहलाई पक्राउ गर्न सफल भएको बताउनुभयो ।

प्रहरीले करिब एक दर्जन मोटरसाईकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा नेपालगञ्ज, दाँग, रोल्पा लगायत जिल्लाका युवाहरु रहेका छन् ।

Previous articleलागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ
Next articleजसपाको नेपालगञ्जमा मसाल जुलुस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here