
नेपालगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधि सभा बिघटन गरेको बिरोधमा जनता समाजवादी पार्टी बाँकेले बुधबार नेपालगञ्जमा मसाल जुलुस प्रदर्शन गरेको छ।
जसपा पार्टी कार्यालयबाट निस्केको मसाल जुलुस बिपी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । जसपा बाँकेका अध्यक्ष कमरुद्दीन राईको अध्यक्षतामा भएको कोणसभामा जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, नेता लक्ष्मी नारायण बर्मा, महिला संघ अध्यक्ष दीपा राना मगरले बोलेको जसपा बांकेका सचिव राजेन्द्र बिश्वकर्माले बताउनुभयो ।
प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको बिरोध गरिएको थियो ।





