
नेपालगन्ज । नेपाली काँग्रेस नेतृ तथा केन्द्रिय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकार अधिनायकवाद तर्फ उन्मुख रहेको भन्दै हत्या, हिंसा, बलत्कार वर्तमान कम्युनिष्ट केपी ओलीको चमत्कारको आरोप लगाउनुभएकाे छ ।
प्रेस युनियन बाँके शाखा अध्यक्ष अर्जुन ओलीकाे अध्यक्षतामा भएकाे पत्रकार भेटघाट कार्यक्रममा केन्द्रिय सदस्य डा. संग्रौलाले आफुहरू तेस्रो चरणको आन्दोलनमा प्रवेश गरेको बताउनुभयो । केन्द्रिय सदस्य डा. संग्रौलाले १६, १७ दिनको अभियान अन्तर्गत बाँके जिल्ला आईपुगेकाे जानकारी दिनुभयो ।
“निर्मला पन्तको बलात्कार र हत्यापछि गृहमन्त्री बादल थापालाई प्रश्न गरेका थियौं, निर्मलाका हत्यारा, सिंह दरवार र बालुवाटारको कुर्सीमा कहाँ छन्, तपाई अपराधीलाई उजागरण गर्नुहोस् । “उहाँले भन्नुभयो “हामीले सदन र सडकबाट ध्यानाकर्षण गराउँदा समेत ध्यान नगएकै हुँदा श्रंखलाबद्ध तवरले यस्ता घटनाहरु घटने गरेका छन् ।
केन्द्रिय सदस्य डा. संग्रौलाले अगाडी भन्नुभयो ‘केपी ओली सरकारले प्रतिनिधि सभा विघटन गर्दा गणतन्त्रमाथि प्रहार भएको छ, संविधान माथिको प्रहार भएको छ, अधिनायकवादी कदम हो, लोकतन्त्रमाथि प्रहार हो, त्यसैले नेपाली काँग्रेसले तेस्रो चरणको आन्दोलन यही फागुन ३ गते ७७ जिल्लामा गर्दैछ, यो जागरणको विरोधमा हो, प्रतिगमनका विरुद्धमा हामी विरोध गर्न गईरहेको बताउनुभयो ।मुलुकमा नेपाली जनताले आफ्नो खुनपसिनाले तिरेको करमा भ्रष्टाचार भएको छ । चाहे सम्झौता गर्दा भ्रष्टाचार होस, चाहे स्वास्थ्य सामग्री खरिद गर्दा भ्रष्टाचार होस्, चाहे ७० करोड होस्, चाहे मेलम्ची खानेपानी होस् हामी यसको विरोध पनि संगसंगै लैजाने प्रतिबद्धता दोहो¥याउनुभयो ।
पत्रकार भेटघाटमा नेपाली काँग्रेस बाँके सभापति किरण कोइराला, नेपाल महिला संघ कोषाध्यक्ष जानुका सिंह, लुम्बिनी प्रदेश सचेतक निर्मला क्षेत्री, महाधिवेशन प्रतिनिधि शोभा चेम्जोङ पलागुङवा, गिर्जा न्यौपाने, गोमा रावत, नारायणी रुपाखेती, पत्रकार महासंघ बाँके उपाध्यक्ष रुपा गहतराज, अवधी पत्रकार संघ बाँके अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीलगायतकाे उपस्थिति रहेकाे थियोे ।





